आफू अध्यक्ष र श्रीमति सीईओ भएको एमएसआर सहकारीको खाता निल, ११ करोड निक्षेप गायब, बचतकर्ताको बेहाल

नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार १५:३५:७

१ जेठ, काठमाडौं। ललितपुरको ढोलाहिटीमा केन्द्रीय कार्यालय राखी जिल्लाका विभिन्न स्थानहरूमा शाखा कार्यालयमार्फत लघु वित्त कार्यक्रम संचालन गर्दै आएको एमएसआर बहुउद्देश्यीय सहकारी संस्थामा एक बर्षदेखि सदस्यहरूले बचत फिर्ता गर्न नसकेको अवस्था छ ।
ललितपुरकै सातदोबाटो, चापागाउँ, लुभु, संख्खु, गोटीखेल लगायतमा सेवा केन्दहरुमार्फत कारोबार गर्दै आएको सो सहकारीको केन्द्रीय कार्यालय ढोलाहिटीमा दिनहुँ जसो बचत फिर्ताको लागि सदस्यहरू आएतापनि व्यवस्थापनले आश्वासन दिँदै फिर्ता पठाउने गरेको सदस्यहरूको गुनासो छ । उक्त संस्थाबाट केही समय अघिदेखि लगानी पनि नगर्ने र बचत फिर्ता पनि नगर्ने गर्दा सदस्यहरू दोहोरो मारमा परिरहेका छन् ।
जनताको ११ करोड बचत रहेको बुझिएको सो सहकारीको अध्यक्षमा स्वयम्भुराम जोशी रहेका छन् । उनै जोशी लामो समय वित्तीय क्षेत्रमा अनुभवी व्यक्तिका रुपमा चिनिन्छन् । कुनै समय सामुदायिक लघु वित्त वित्तीय संस्था काभ्रेमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दा जोशी अनियमितता तथा बैंकिङ कसुरमा परि राष्ट्र बैंकले कारवाही समेत गरेका व्यक्ति हुन् । बैकिङ कसुरको मुद्दा हालसम्म पनि चलिरहेको छ भने सो मुद्दा भएको व्यक्ति सो सहकारीमा अध्यक्ष कसरी भए भन्ने गहन विषय छ ।
आफू अध्यक्ष र श्रीमती शुभलाभ जोशी प्रमुख कार्यकारी अधिकृत भएर संचालन गरेको सहकारी डुब्ने अवस्थामा पुगे पश्चात श्रीमतीलाई अलग गरेको समेत बुझ्न सकिन्छ । हाल उनी संस्थाको सल्लाहकारको जिम्मेवारीमा रहेको स्रोतले बतायो । सामुदायिक लघु वित्तमा आफू काम गर्दा नायव प्रमुख कार्यकारीको जिम्मेवारीमा आफ्नी कान्छी श्रीमती भेलुमाया मगरलाई राखेका थिए भने उनै मगर हालसम्म पनि नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिरहेको पाइएको छ ।
बहुविवाह गरेका जोशी उक्त लघु वित्त संस्थामा व्यक्तिगत र उनीहरूकै कम्पनीहरूको नाममा एक तिहाइ भन्दा बढी शेयर रहेको पाइन्छ । यसरी सबैतिर नियम विपरीत आफ्नो हैकम जमाउने व्यक्तिलाई राज्यबाट के कारवाही हुनुपर्ने हो, गम्भीर प्रश्न खडा भएको छ ।
उक्त सहकारी संस्थाका कर्मचारीहरू कार्यालयमा लामो समयदेखि नभेटिएको र अध्यक्षलाई भेट्दा समेत कुनै व्यवहारिक एवं चित्तबुझ्दो जवाफ नपाउँदा सदस्यहरू सहकारी विभाग धाउन थालेका छन् । यता अध्यक्ष र व्यवस्थापक मिलेर कतै यो करोडौं करोड सदस्यको पैसा झ्वाम्म पार्न खोजेका त हैनन् ? उक्त सहकारीका अध्यक्ष र उनकी श्रीमती अध्यक्ष भएका संस्थाहरूमा करोडौं लेनादेना देखाउँदै र रकम मिलाउँदै गरेको वार्षिक प्रतिवेदनहरूमा पनि उल्लेख छ । यसको छानविन प्रशासनले कहिले गर्ने ?
सामुदायिक लघु वित्त वित्तीय संस्थामा निजहरुको व्यक्तिगत तथा निजहरुकै स्वामित्व रहेको कम्पनीको नाममा नियम भन्दा अत्यधिक बढी शेयर लगानी रहेको छ । विगतमा एसएमआर बहुउद्देश्यीय संस्थामा निजको जेठी श्रीमती शुभलक्ष्मी जोशी प्रमुख कार्यकारी अधिकृत र आफू अध्यक्ष भएर करोडौं रकम घोटाला गरेको स्रोतले बताएको छ । सञ्चालक समितिलाई गुमराहमा राख्ने र व्यवस्थापनलाई प्रयोजन गरी निजले आफू र आफ्नो श्रीमती अध्यक्ष भएको संस्थाहरूमा सहकारीबाट रकम सार्ने, तलब तथा सेवा सुविधाको नाममा मोटो रकम लिने गरेको देखिन्छ ।
अध्यक्ष जस्तो व्यक्तिले नै सहकारीको रकम यसरी आफूखुसी गर्दा संस्था डुबेको अवस्था छ । मौजुदा सञ्चालकहरूले आर्थिक अनियमिततामा संलग्न अध्यक्षलाई यसरी बोकेर हिँडिरहने हो भने उनीहरू फस्ने कुरामा दुईमत देखिंदैन । ४ हजार बचतकर्ताको ११ करोड बचत फिर्ता कहिले हुन्छ ? भन्दै वचतकर्ताहरु प्रश्न गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
आज तोलामा ५ सय बढेर १ लाख ७१ हजार पुग्यो सुन
फागुन ८, २०८१ बिहिबार
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
फागुन ८, २०८१ बिहिबार
पोलिटब्युरो सदस्य सापकोटाको निधनपछि एकीकृत समाजवादीको बैठक स्थगित
फागुन ८, २०८१ बिहिबार
युएसआईडीको पैसा धर्म प्रचारमा प्रयोग गरेका छैनौं : मह जोडी
फागुन ८, २०८१ बिहिबार
दिल्लीमा चौथो महिला मुख्यमन्त्रीको शपथ लिँदै रेखा गुप्ता
फागुन ८, २०८१ बिहिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
आज तोलामा ५ सय बढेर १ लाख ७१ हजार पुग्यो सुन
फागुन ८, २०८१ बिहिबार
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
फागुन ८, २०८१ बिहिबार
पोलिटब्युरो सदस्य सापकोटाको निधनपछि एकीकृत समाजवादीको बैठक स्थगित
फागुन ८, २०८१ बिहिबार
युएसआईडीको पैसा धर्म प्रचारमा प्रयोग गरेका छैनौं : मह जोडी
फागुन ८, २०८१ बिहिबार
दिल्लीमा चौथो महिला मुख्यमन्त्रीको शपथ लिँदै रेखा गुप्ता
फागुन ८, २०८१ बिहिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
आज तोलामा ५ सय बढेर १ लाख ७१ हजार पुग्यो सुन
फागुन ८, २०८१ बिहिबार
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
फागुन ८, २०८१ बिहिबार
पोलिटब्युरो सदस्य सापकोटाको निधनपछि एकीकृत समाजवादीको बैठक स्थगित
फागुन ८, २०८१ बिहिबार