राष्ट्रिय सभा अध्यक्षलाई कांग्रेसले दियो बैठक अवरुद्ध हुने जानकारी
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार १५:६:३८
१ जेठ, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई बैठक अवरुद्ध गर्ने जानकारी दिएको छ । कांग्रेसले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने र त्यसपछि बस्ने बैठक भने अवरोध गर्ने जानकारी दिएको हो । मंगलबार अपराह्न ३ बजे संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।
राष्ट्रिय सभामा कांग्रेस संसदीय दल नेता रहेका कृष्णप्रसाद सिटौलाले अध्यक्ष नारायणप्रसाद दाहालसँग नीति तथा कार्यक्रम पेस गर्दा अवरोध नगर्ने र त्यसपछि बैठक अवरोध गर्ने जानकारी गराएका हुन् । संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा हामी अवरोध गर्दैनौं, धन्यवाद प्रस्तावका लागि बस्ने राष्ट्रिय सभा बैठकमा हाम्रो अवरोध रहन्छ, उनले भने ।
राष्ट्रिय सभा अध्यक्ष दाहालले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग संसद भवन बानेश्वरमा मंगलबार दिउँसो छलफल गरेका थिए । नीति तथा कार्यक्रम प्रस्तुत पछि लगत्तै प्रतिनिधि सभा र राष्ट्रिय सभामा बैठक बस्नेछ । उक्त बैठक दुवै सदनमा अवरोध गर्ने कांग्रेसको भनाइ छ । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार