कृषिमा लगानी दशक घोषणा, प्रत्येक प्रदेशमा एक हजार गाईभैंसी पाल्ने क्षमताका पूर्वाधार बनाइने
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार १६:१०:१३
१ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको दशकलाई कृषिमा लगानीको दशक घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम मार्फत आगामी आव कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व र बजारीकरणलाई जोड दिने भन्दै कृषि ‘इकोसिस्टम’ सुधार कार्ययोजना कार्यान्वयन गर्ने बताएका हुन् ।
कृषि, पशु र वनको अन्तरसम्बन्ध स्पष्ट हुने गरी भूउपयोगमा आधारित कृषि प्रणाली विकास गर्ने सरकारले घोषणा गरेको हो । प्रमुख खाद्यान्न बाली र तरकारीमा आत्मनिर्भर हुने गरी कार्यक्रम पुनर्संरचना गर्ने सरकारले घोषणा गरेको छ । कृषियोग्य भूमिको संरक्षण गर्नै भन्दै सरकारले चक्लाबन्दी योजना लागुगर्ने जनाएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ मा प्रत्येक प्रदेशमा कम्तिमा एक हजार गाईभैंसी पाल्ने क्षमताका पूर्वाधार बनाउने घोषणा गरेको छ । तीन तहको सरकार र निजी क्षेत्रको सहकार्यमा गाईभैंसी पालनको पूर्वाधारसहितको स्रोत केन्द्र बनाउने घोषणा गरेका हुन् । सरकारले पशुपन्छीजन्य रोग नियन्त्रणका लागि अस्पताल निर्माणलाई पनि प्राथमिकतामा राखेको छ ।
आगामी आर्थिक वर्षभित्र सरकारले सबै स्थानीय तहका बालीलाई दर्ता गर्ने भएको छ । सबै बालीलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित सबै स्थानीय तहमा पाइने बालीलाई दर्ता गर्ने सरकारले निर्णय गरेको हो । यसैगरी आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा कृषि पशुपन्छी तथा माछा पालनलाई सूचना प्रविधिमा जडान गर्दै उत्पादकत्व बढाइने जनाइएको छ । एकीकृत उत्पादन र बजारीकरण कार्यक्रम कार्यान्वयनका लागि स्थानी तहलाई प्रोत्साहन गरिनेछ ।
कृषियोग्य बाँझो जमिनमा पशुपालनसहित कृषिखेती गर्न प्रोत्साहन गरिनेछ । कृषि चक्र सुरु हुनु अगावै कृषि क्षेत्रलाई चाहिने आवश्यक वस्तुको व्यवस्थापन र आधार मूल्य तोक्ने समेत सरकारको घोषणा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
पानीले बेर्ना कुहिएपछि डुडुवामा दोस्रो पटक आलु रोपियो
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार