विदेशी लगानी भित्र्याउन तीन वर्षदेखि रोकिएको कन्ट्री रेटिङको काम अघि बढाइने
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार १६:१८:३६
१ जेठ, काठमाडौं । सरकारले निजी पुँजी आकर्षित गर्ने र विदेशी लगाउन भित्र्याउन पहल गर्ने घोषणा गरेको छ । आर्थिक विकासका लागि उद्योगी व्यवसायीहरूको मनोबल उच्च राख्ने गरी कार्यक्रमहरू अघि बढाउने पनि उल्लेख गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा बन्द उद्योग कलकारखाना खुलाउने तथा रुग्ण संस्थानहरूलाई सार्वजनिक निजी साझेदारी अनुरुप व्यवस्थापन गर्ने उल्लेख छ ।
आगामी आर्थिक वर्ष कन्ट्री रेटिङ गरिने भएको छ । मंगलबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । तेस्रो लगानी सम्मेलनअघि कन्ट्री रेटिङ गरिसक्ने बताए पनि सम्पन्न हुन सकेको थिएन । यद्यपि गत वैशाख १५ मा अर्थमन्त्री वर्षमान पुनले तीन वर्षदेखि रोकिएको कन्ट्री रेटिङको काम सुरु भएको बताएका थिए ।
मुलुकको लगानी जोखिमको अवस्थाबारे यथार्थ जानकारी लिन सोभरेयन क्रेडिट रेटिङ गर्ने गरिन्छ । वैदेशिक लगानीकर्ताले लगानीको पूर्वसर्तका रुपमा सोभरेन क्रेडिट रेटिङलाई लिने गरेका छन् । क्रेडिङ रेटिङ नहुँदा अन्तर्राष्ट्रिय विकास साझेदारबाट नेपालले हालसम्म ठूला पूर्वाधारका लागि व्यापारिक ऋण लिन सकेको छैन ।
वैदेशिक लगानी बढाउने उद्देश्यले सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेटमार्फत सरकारले सार्वभौम क्रेडिट रेटिङ गर्ने घोषणा गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार