हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार १६:३६:४२
♦ वासुदेव पौडेल
१ जेठ, गण्डकी । पृथ्वी राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका–३२ स्थित लामेआहाल, कालिका नगर र मजुवाबीचको रमणीयडाँडा झट्ट हेर्दा ठ्याक्कै हेल्मेट जस्तो छ । जङ्गलै जङ्गलले ढपक्क ढाकिएको हेल्मेट जस्तै भएकाले यसलाई हेल्मेट डाँडाका रुपमा लिइन्छ ।
डाँडाको प्राकृतिक सुन्दरतासँगै विभिन्न पर्यटकीय पूर्वाधार विकास गरी स्थानीयले यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोच अघि बढाएका छन् । पोखरा पर्यटनको राजधानी भइसकेको अवस्थामा आसपासका क्षेत्रमा पर्यटकीय गतिविधि बढाउँदै पर्यटकको बसाइँ लम्ब्याउने विषयले चासो र चर्चा पाइरहेका अवस्थामा हेल्मेटडाँडाको पर्यटकीय विकासको योजनालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रकृतिको बरदान हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकिएको स्थानीय समाजसेवी एवं प्रगतिशील सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले बताए । समितिको अनुरोधमा पोखरा विश्वविद्यालयका प्रा डा गोविन्दप्रसाद लामिछानेको सहयोगमा डिपिआर तयार गरिएको उहाँले जानकारी दिए ।
“हेल्मेट डाँडासँगै यहाँ नजिकैको कालिका मन्दिर, स्यान्थुम्की समेतलाई समेटेर हामीले पर्यटकीय पूर्वाधार विकास गर्ने योजना राखेका छौंं”, उनले भने, “लक्षित सबै पूर्वाधार विकासका योजना सम्पन्न गर्न रु बीस करोड ५९ लाख ८५ हजार चार सय ६८ लाग्ने अनुमान गरिएको छ ।” उनका अनुसार हेल्मेट डाँडाको शिरमा बुद्धमूर्ति निर्माण गर्नका लागि आठ तल्ला उचाइको स्तम्भ स्वरुपमा संरचना निर्माण गरिने छ । सबैभन्दा माथि ७५ फिट उचाइको बुद्धको मूर्ति रहने छ । उक्त मूर्ति प्रत्येक पाँच मिनेट समयावधिमा तीन सय ६० डिग्रीमा घुम्ने प्रा डा गोविन्दप्रसाद लामिछानेले जानकारी दिए ।
बुद्ध मूर्तिको तल ३५ मिटरको उचाइमा आठ तल्लाको संरचना रहने छ । उक्त संरचना निर्माण हुने भएका कारण वरपरका कुनै पनि रुख काट्नु नपर्ने लामिछानेको भनाइ छ । टावरको आठौँ तल्लामा पानी ट्याङ्की रहने र भूई तल्लामा टिकट काउन्टरको व्यवस्था गरिने छ । बीचका छ वटा तल्ला व्यापारिक प्रयोजनका हुने गरी निर्माण गरिने अध्यक्ष पौडेलले जानकारी दिए । टावरको स्वरूपमा रहे पनि त्यसलाई आकर्षक बनाउने गरी योजना गरिएको छ ।
उत्तरतर्फ पृथ्वी राजमार्गको भागतर्फ स्तम्भसँगै स्काइ स्वीमिङ पुल निर्माण गर्ने योजना छ । सिसैसिसाको उक्त स्वीमिङ पुल कुनै टेकोबिना नै हावामा अडिएको जस्तो गरी निर्माण गरिने उनले बताए । त्यस्तै हेल्मेट डाँडाबाट नजिकैको कालिका मन्दिरसम्म तीन सय ५० मिटर दूरीको जीपलाइन निर्माण गरिने छ भने कालिका मन्दिरबाट स्यान्थुम्कीसम्म ५५ मिटर लम्बाइको रोप साइक्लिङ निर्माण गरिने छ । कालिका मन्दिर र स्यान्थुम्कीलाई घुम्ने गरी चिल्ड्रेन ट्रेलसमेत निर्माण गरिने पौडेलले जानकारी दिए ।
उनका अनुसार हेल्मेट डाँडाको फेदीबाट छ फिट चौडाइको तीन हजार तीन सय मिटरको पदयात्रा मार्ग निर्माण गरिने तयारी गरिएकामा यस आर्थिक वर्षमा महानगरपालिको रु २५ लाखको सहयोगमा पदयात्रा मार्ग निर्माणका लागि ठेक्का प्रक्रियामा अघि बढेको छ । हेल्मेट डाँडासँग नजिकै रहेको कालिका मन्दिर यस क्षेत्रको एक सय वर्षभन्दा अघि देखिको इतिहासको साक्षी पनि हो । कालिका नगरस्थित यो धार्मिक पर्यटकीय तीर्थस्थल यहाँका कालिका चोक, म्याग्दी टोल, टाँडी, तल्लो गगनगौँडा, बेलबुटे, स्कुल टोल लामेआहाललगायत आसपासका क्षेत्रको आस्था र विश्वासको केन्द्र रहेको यहाँका स्थानीय बताउँछन् ।
मनले चिताएको पुग्ने तीर्थस्थलका रूपमा चासो र चर्चा कमाएको यो स्थलसँगै हेल्मेटडाँडा, स्यान्थुम्कीलाई समेटेर गर्न लागिएको पर्यटकीय विकासले पोखरामा पर्यटकको बसाइँ थप एक दिन लम्ब्याउन सकिने सरोकारवाला बताउँछन् । कालिका मन्दिरको निर्माणसँगै मन्दिर परिसरको केही तल व्यायामशाला बनाउने लगायतका सोच अघि सारिएको सोच राखिएको वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए ।
“यही कालिका मन्दिर परिसरमा नै गर्ग ऋषिले तपस्या गर्नुभएको विश्वास छ”, उनले भने, “यहाँका धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्दै धामिर्क पर्यटकीय गन्तव्यका रुपमा यस क्षेत्रको विकास गर्ने हाम्रो लक्ष्य हो ।” कालिका मन्दिरमा प्राचीनकालदेखि पूजाआजा गरिँदै आइएको तीर्थस्थल हो ।
बढ्दो बस्ती विकाससँगै वि.सं १९८० मा समाजसेवी स्व भीमबहादुर बस्नेतको सक्रियतामा स्थानीयको सुख, शान्ति र समृद्धिको कामनासहित कालिका मन्दिरको स्थापना भएको र त्यसलाई थप व्यवस्थित मुखिया चन्द्रबहादुर बस्नेतले गरेको बुढापाकाबाट सुन्दै आएको स्थानीय समाजसेवी एवं कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिमला थापा बस्नेत बताउँछन्।
यस मन्दिरलाई स्थापनायता समाजका हरेक व्यक्ति, सङ्घसंस्था एवं समूहको साझा प्रयासमा व्यवस्थित गर्दै महत्वपूर्ण तीर्थस्थलका रूपमा विकास गर्दै आएको उनको भनाइ छ । समय सापेक्षता यहाँ स्थित पुरानो मन्दिरको स्थानमा व्यवस्थित नयाँ मन्दिर बनाउनुपर्ने आवश्यकता महसुस गरी वडा नं ३२ बाट रु १५ लाख विनियोजन भएर काम सुरु गरिएको निर्माण समितिका अध्यक्षसमेत रहेका उनले जानकारी दिए ।
वडाबाट प्राप्त उक्त रकमले मात्रै हाम्रो योजनाअनुसार मन्दिर बन्ने उल्लेख गर्दै उहाँले यसका लागि करिब रु २८ देखि ३० लाखसम्म खर्च लाग्नसक्ने अनुमान गरिएको जानकारी दिए । निर्माणाधीन मन्दिरमा वडास्थित आमा समूह, टोल सुधार संस्था, स्थानीय बुद्धिजीवी सबैको जनश्रमदानसमेत गरी निर्माण कार्यलाई अघि बढाइएको छ । मन्दिर निर्माणका लागि वडा कार्यालयले रु १५ लाख विनियोजन गरेसँगै जनसहभागितास्वरुप रु एक लाख ७७ हजार जम्मा गरेर योजना सम्झौता भई काम अघि बढेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष एवं निर्माण समितिका कोषाध्यक्ष खमबहादुर पुनले जानकारी दिए ।
उनका अनुसार १६ वर्ग स्क्वायर फिटको परिसरभित्र तीनतलाको मन्दिर निर्माण गर्न लागिएको हो । त्यसअन्तर्गत ११ स्क्वायर फिटमा पहिलो तला बन्नेछ । यसको उचाइ नौ फिटको हुनेछ । दोस्रो तला सात वर्ग स्क्वायर फिटमा छ फिट उचाइको हुनेछ भने तेस्रो तला चार वर्ग स्क्वायर फिटसहित चार फिट उचाइमा हुनेछ । मन्दिरमा भक्तपुरका कालीगढले बनाएका कलात्मक झ्यालढोका राखिने उनले बताए । मन्दिरमा भक्तपुरे कालीगढले बनाएको एक ढोकासहित १० वटा आँखी झ्याल राखिने छन् । त्यसअन्तर्गत पहिलो तलामा ढोका र दुई झ्याल रहने छन् । दोस्रो र तेस्रो तलामा चार–चार झ्याल रहने छन् ।
आगामी वर्ष वडा कार्यालय र महानगरपालिकाको सहयोगमा तेस्रो तल्लामा कालिका देवीको मूर्ति कुँदिएका कलात्मक टुँडालका साथै पित्तलको छाना राख्ने योजना रहेको उनले जानकारी दिए । पृथ्वी राजमार्गअन्तर्गत लामेआहालबाट करिब तीन सय मिटर उचाइमा रहेको रमणीय थुम्कोमा रहेका कारण पोखराको विन्दवासिनी, भद्रकाली, पृथ्वी राजमार्गमा पर्ने अकला मन्दिर जस्तै यो स्थल धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्ने विश्वास लिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा आरोहण क्षेत्र खुम्बु पर्यटकले खचाखच, लुक्लामा एकै दिन २ सय उडान
असोज २३, २०८१ बुधबार
पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ
असोज २०, २०८१ आइतबार
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो
असोज २०, २०८१ आइतबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
प्रहरीमा मानव स्रोत व्यवस्थापनः वर्तमान अवस्थाको चित्रण
नेपालबहस संवाददाता
असोज २३, २०८१ बुधबार
एनपीएल अक्सनमा उच्च मूल्यमा बिक्री भए यी खेलाडी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
प्रहरीमा मानव स्रोत व्यवस्थापनः वर्तमान अवस्थाको चित्रण
असोज २३, २०८१ बुधबार
नख्खुमा हेलिकोप्टर पुर्याउन नसक्नेहरु अनुगमनको नाममा राज्यकोषको दोहोन गर्दै
असोज २३, २०८१ बुधबार
दुर्गा पक्षअन्तर्गत आज आश्विन शुक्ल सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइदै
असोज २४, २०८१ बिहिबार
बडा दशैंको उपलक्ष्यमा काठमाडौं ताराले राख्यो भब्य शुभकामना कार्यक्रम
असोज २३, २०८१ बुधबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान
असोज २३, २०८१ बुधबार
नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असोज २३, २०८१ बुधबार
पाकिस्तानविरुद्धको इङल्याण्डका रुट र ब्रुकको कीर्तिमानी ब्याटिंग
असोज २३, २०८१ बुधबार
यसपालिको दशैंमा केही स्थानमा मध्यम वर्षाको सम्भावना
असोज २३, २०८१ बुधबार