विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार १७:०:२१
१ जेठ, भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लगाइएको विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने भएको छ । निकुञ्जका वन्यजन्तुबाट जोगिन लगाइएका विद्युतीय तारबारबाट मानवीय क्षति हुन नदिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने भएको हो ।
सोमबार चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रअन्तर्गत अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति माडी नगरपालिका–८ मा विभिन्न उपभोक्ता समितिका सोलार तारबार हेरालुलाई खतरा सूचना बोर्ड, साइरन मेसिन र सुरक्षाका सामग्री हस्तान्तरण गरिएको छ ।
सामग्री हस्तान्तरण गर्दै मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले विद्युतीय तारबारबाट जोगिन बेलैमा सचेत बन्नुपर्ने र समुदायस्तरमा पनि जनचेतना फैलाउनुपर्ने बताए । समुदायमा जनचेतना दिँदै मानवीय दुर्घटना न्यूनीकरणका लागि सुरक्षा सामग्रीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए । मध्यवर्तीका नागरिकलाई निरन्तर सचेतना कार्यक्रम गरिरहेको उनको भनाइ छ ।
गत असोज २५ माडी–९ कृष्णनगरका विकल्प सुवेदीको विद्युतीय तारबारको झड्काबाट मृत्यु भएको थियो । त्यसपछि स्थानीयलाई विद्युत् छाडेको जानकारी दिन साइरन र नछुन अनुरोध गर्दै सूचना बोर्ड राखिएको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी गायकले बताए ।
हात्ती, गैँडा, बाघलगायत वन्यजन्तु निकुञ्जबाट मानव बस्तीमा प्रवेश नगरून् भन्ने उद्देश्यले विद्युतीय तारबार जडान गरिएको उनले जानकारी दिए । यो क्षेत्रमा झन्डै १२ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार जडान गरिएको गायकले बताउनुभयो । बेलुका ७ देखि बिहान ६ बजेसम्म तारमा विद्युत् छाडिन्छ । “अब विद्युत् छाड्न अघि साइरन बज्छ”, उनले भने, “ठाउँ ठाउँमा यो तार छुनु हुन्न भनेर बोर्डसमेत टाँस गर्नेछौँ ।”
अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति, रेवा मध्यवर्ती उपभोक्ता समिति, बघौडा मध्यवर्ती उपभोक्ता समिति र पर्सामा रहेको निर्मलठोरी मध्यवर्ती उपभोक्ता समितिलाई सामग्री हस्तान्तरण गरिएको हो । यस्तै उनीहरुलाई सुरक्षा सामग्री लाइट, रेनकोट, बुट जुत्ता, बिजुलीको तार छुने टेस्टर, हम्मर, पिलास, झोलालगायत सामग्रीसमेत वितरण गरिएको छ ।
तराई भू–परिधि कार्यक्रम ९ताल०को सहयोगमा सामग्री हस्तान्तरण गरिएको हो । यो क्षेत्रमा सोलार फेन्स जडानपछि ठूला वन्यजन्तुको प्रवेश र क्षति कम भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार