पर्यटन महोत्सवको अवसरमा डोको र टपरी बुन्ने प्रतियोगिता हुने
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार १७:७:९
१ वैशाख, ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा डोको र टपरी बुन्ने प्रतियोगिता हुने भएको छ । मौलिक हस्तकलालाई संरक्षण तथा प्रवर्द्धन गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघले प्रतियोगिता गर्न लागेको हो ।
यही जेठ ३ देखि ७ गतेसम्म सञ्चालन हुने ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा सो प्रतियोगिता गर्न लागेको महासंघले जनाएको छ । पछिल्लो पुस्तामा हराउँदै गएको हस्तकला डोको तथा टपरी बुन्ने परम्परा लोप हुँदै गएपछि यसको संरक्षण गर्न प्रतियोगिता गर्न लागिएको घरेलु तथा साना उद्योग महासंघका जिल्ला सचिव हर्कराज गुरुङले बताए ।
गुरुङका अनुसार प्रतियोगिता महोत्सवको तेस्रो दिन अर्थात् जेठ ५ गते औद्योगिक कृषि प्रदर्शनी मेलामा डोको तथा टपरी बुन्ने प्रतियोगितासमेत सञ्चालन गरिने आयोजकले जनाएको छ । डोको बुन्ने प्रतियोगतामा प्रथमलाई रु सात हजार, दोस्रोलाई रु पाँच हजार, तेस्रोलाई रु एक हजार र सहभागीलाई रु सय प्रदान गरिने घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष भारतीले जानकारी दिए ।
उनका अनुसार टपरी बुन्नेतर्फ पहिलोलाई रु तीन हजार, दोस्रोलाई रु दुई हजार, तेस्रोलाई रु एक हजार र सहभागीलाई रु दुई सय उपलब्ध गराइनेछ । कृषि मेलाअन्तर्गत कृषि उपकरण प्रदर्शन, जिल्लाभित्र तथा बाहिरका कृषक र उद्यमीले उत्पादन गरेको वस्तुसमेत ल्याइने भारतीको भनाइ छ । उत्कृष्ट कृषक तथा उद्यमीलाई पुरस्कृत गर्नेसमेत महासंघको तयारी रहेको बताइएको छ ।
स्थानीयस्तरमै उत्पादित वस्तुको बजारीकरणको प्रमुख उद्देश्यका साथ सुरु गरिएको मेलामा डोको क्यारी रन पनि समेटिएको महासंघका अध्यक्ष राजेन्द्र भारतीले बताए । यस रनका लागि वीरेन्द्र चोकबाट सुकेटारस्थित सानोपाथीभरा पुगेर पुन वीरेन्द्र चोकसम्म आइपुग्नुपर्ने आयोजकले जनाएको छ । क्यारी रनमा प्रथम हुनेले रु ३० हजार, दोस्रोले हुनेले रु २० हजार र तेस्रो हुनेले रु १० हजार प्राप्त गर्नेछन् । चौथोदेखि दसौँ स्थानसम्मका प्रतियोगीलाई रु एक हजार उपलब्ध गराइने महासंघले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
सन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार