कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार १८:३६:२४
१ जेठ, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बसेको बैठकलाई नेपाली कांग्रेसले अवरोध गरेको हो ।
बैठक शुरु हुनसाथ कांग्रेसका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गरेपछि धन्यवाद दिने प्रस्ताव पारित गर्न बसेको बैठक कांग्रेसले अवरुद्ध गरेको छ ।
कांग्रेसले राष्ट्रिय सभामा सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरेसम्म संसदको कुनै कारवाही अगाडि बढ्न नसक्ने जनाएको छ ।
कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको अर्को बैठक जेठ ३ गते बिहान ११ बजे बस्ने गरि स्थगित भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार