प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार २१:२६:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/Bagmati_KV453AjMyQ_fiqHQ3ri4w.jpg)
१ जेठ, काठमाडौं । बागमती प्रदेशसभाले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफलका लागि सर्वसम्मतले स्वीकृत गरेको छ ।
प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री जगरनाथ थपलियाले पेस गरेको प्रदेश सरकारको आगामी आव २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफलका लागि सर्वसम्मतले स्वीकृत गरेको हो ।
प्रदेशसभाका सबै सदस्य सरकारको विनियोजन विधेयक स्वीकृतकै पक्षमा देखिएपछि सभामुख भुवन कुमार पाठकले सरकारको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफलका लागि सर्वसम्मतले स्वीकृत भएको घोषणा गरे ।
प्रदेश सभाबाट सर्वसम्मत स्वीकृत भएको विनियोजन विधेयकमाथि प्रदेशसभामा जेठ ६ गतेदेखि छलफल प्रारम्भ हुने सभामुख पाठकले घोषणा गरे । प्रदेशसभाको अर्को बैठक भोलि जेठ २ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक सकिएको छ ।
‘आगामी बजेट गरिबी निवारणमा केन्द्रित’
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट रोजगारी अभिवृद्धिमार्फत गरिबी निवारणमा केन्द्रित हुने भएको छ ।
प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री जगरनाथ थपलियाले सरकारको आगामी आव २०८१÷८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै बजेट रोजगारी अभिवृद्धिमार्फत गरिबी निवारणमा केन्द्रित हुने बताए ।
प्रदेशभित्रको उपलब्ध स्रोत साधनको कुशलतम र न्यायोचित वितरण गरी रोजगारी सिर्जना गर्दै गरिबी निवारणमा बजेट केन्द्रित गर्नु आवश्यक रहेको औंल्याए । उनले प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक, विकास र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
लगानी क्षेत्रको पहिचान र विकास गर्दै लगानीकर्तालाई विशेष सुविधा प्रदान गरी लगानी मैत्री प्रदेशको रुपमा विकास गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गरे । मन्त्री थपलियाले लगानी मैत्री प्रदेशको रुपमा विकास गरी आर्थिकको रुपमा समृद्ध प्रदेश निर्माणमा सरकार अग्रसर रहेको जानकारी दिए ।
राजस्व सम्भावना भएका क्षेत्रको पहिचान गरी राजस्व दरलाई समयानुकूल परिमार्जन र राजस्वको दायरा वृद्धि गर्दै प्रदेशको दिगो आन्तरिक आयमा वृद्धि गर्नु आवश्यक रहेको उनको भनाइ छ ।
मन्त्री थपलियाले आगामी आव २०८१/८२ को नीति, कार्यक्रम र बजेट संविधानले निर्देश गरे बमोजिम समाजवाद उन्मुख, स्वतन्त्र समृद्ध अर्थतन्त्र निर्माणमा केन्द्रित हुने प्रष्ट पारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार