सरकारको प्राथमिकताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार २२:१२:५९
१ वैशाख, काठमाडौं । सरकारले सुरक्षा अंगलाई व्यवस्थित तथा आत्मनिर्भर बनाउने गरी नीति तथा कार्यक्रम ल्याएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुने आशंका रहेपनि सुरक्षा,प्रतिरक्षा र गृह प्रशासन सुधार प्राथमिकतामा राखेर वार्षिक नीति तथा कार्यक्रम तय गरेको हो ।
आब २०८१÷८२ का लागि तर्जुमा भएको वार्षिक नीति तथा कार्यक्रम संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमार्फत राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिरक्षा र गृह प्रशासन सुधारसहितका योजना सार्वजनिक गरेका हुन् । सीमा सुरक्षामा सीमा क्षेत्रका नागरिकको सहभागिता र अपनत्व हुने गरी कार्यक्रम सञ्चालन गर्ने देखि प्रतिरक्षा सामाग्री खरिद तथा स्वदेशमै उत्पादन गर्ने लक्षसहितका कार्यक्रम सार्वजनिक भएका हुन् । अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप प्रभावकारी बनाई सीमापार अपराध र राजस्व चुहावटमा नियन्त्रण गरिने उल्लेख छ । सीमा सुरक्षामा स्थानीय नागरिकको सहभागिता, स्वामित्व र अपनत्व बढाउने कार्यक्रम सञ्चालन गरिने छ ।
अध्यागमन सेवालाई थप सुदृढ र व्यवस्थित बनाइने छ । कारागारको भौतिक सुधार सुधारलाई निरन्तरता दिइने छ । प्रदेश र स्थानीय तहको समन्वयमा प्रदेश स्तरीय कारागार व्यवस्थापन तथा सञ्चालन गरिने छ । प्रदेशसँगको समन्वयमा ठूला कारागार सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । कैदीबन्दीको सीप तथा क्षमताको उपयोग गरिने छ । कारागारमै मनोसामाजिक परामर्श तथा सेवा र योग/ध्यानको व्यवस्था गरिने छ ।
कसुरजन्य सम्पत्ति व्यवस्थापन र त्यसको उचित संरक्षण÷व्यवस्थापन गर्न एकीकृत अभिलेख तयार पारिने उल्लेख छ । राष्ट्रिय परिचयपत्र प्रणालीलाई राज्यबाट प्रवाह हुने सबै प्रकारका सेवा सुविधासँग आबद्ध गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । लागूऔषध विरुद्ध प्रवर्धनात्मक कार्यक्रमलाई निरन्तरता दिइने छ । गाँजाको औषधिजन्य प्रयोगका लागि नीतिगत र कानुनी व्यवस्था गरिने नीति तथा कार्यक्रममा छ ।
राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ गरिने उल्लेख छ । नेपाली सेनासहित सबै सुरक्षा निकायको क्षमता अभिवृद्धि गरिने छ । सेनाको बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई निरन्तरता दिइएको छ । यो कार्यक्रम २०६६ सालदेखि सञ्चालन हुँदै आएको छ ।
सबै तहका प्रहरी कर्मचारीको सेवा निवृत्त हुने सेवा निवृत्त अवधि पुनरावलोकन गरी बढुवा प्रणाली अनुमान योग्य बनाइने छ । अहिले प्रहरी र सशस्त्र प्रहरीमा अवकाशको अवधि ३० वर्षे सेवाका कारण सधैं विवादमा पर्ने गरेको छ । अरु निकायमा यो प्रावधान छैन । ३० वर्षे प्रणाली हटाएर उमेर र पदावधिबाट मात्रै अवकाशको व्यवस्था गर्नुपर्ने माग बारम्बार उठ्दै आएको छ ।
सुरक्षा निकायलाई भौतिक पूर्वाधार, उपकरण र बन्दोबस्ती प्रविधिजस्ता क्षेत्रमा स्रोतसाधन तुल्याई भरपर्दो र विश्वसनीय बनाइने नीत तथा कार्यक्रममा उल्लेख छ । बहुआयामिक सुरक्षा अवधारणा अनुरूप सुरक्षा सूचकको विश्लेषणका आधारमा कमजोर अवस्थाका र राज्यले संरक्षण गर्नुपर्ने वर्गलाई सुरक्षा अनुभूति दिलाइने प्रबन्ध गरिने उल्लेख छ । सीमा सुरक्षालाई थप सुदृढ बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
राष्ट्रका लागि आवश्यक सुरक्षा तथा प्रतिरक्षा सामाग्री अत्यावश्यक गोलीगठ्ठा, विस्फोटक पदार्थ, लत्ताकपडा स्वदेशमै उत्पादन गर्ने नीति सरकारले लिएको छ । सुरक्षा, प्रतिरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा साझा बुझाई र धारणाको विकास गर्दै यी विषयमा उच्चस्तरीय अध्ययन, अनुसन्धान गर्न राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय यथाशीघ्र सञ्चालन गरिने उल्लेख छ ।
विश्व शान्ति स्थापना कार्यमा नेपालबाट नेतृत्व तहमा पुग्न कूटनीतिक पहल गरिने भनिएको छ । अहिले विश्व शान्ति स्थापनामा नेपाल सुरक्षाकर्मी खटाएर योगदान पु¥याउने मुलुकमा पहिलो नम्बरमा पर्छ । तर, यस अनुसार नीतिगत तहमा जाने सुरक्षा अधिकारीहरूको प्रतिनिधित्व भने निकै कम छ । यसैगरी सार्वजनिक खरिद कानुन प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । कानुन कार्यान्वयन गर्ने निकायको क्षमता वृद्धिमा जोड दिइने व्यवस्था नीति तथा कार्यक्रममा समेटिएको छ । अख्तियारबाट हुने काम कारबाही र नीतिगत सुधार प्रभावकारी बनाउने गरी काम गरिने उल्लेख छ ।
मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै अनलाइन सेवाबाट मिलाइने छ । आधुनिक प्रविधिबाट भूमिको पुनः नापी गरी अद्यावधिक अभिलेख तयार पारिने छ । अन्तर्राष्ट्रिय सीमा क्षेत्रका सहरमा वातावरणीय सफाई कार्यक्रम सञ्चालन गरिने छ । सबै प्रहरी चौकीमा महिला सहायता कक्ष स्थापना गरिने छ ।
बालसुधार गृहमा रहेका बालबालिकाको बाल स्वास्थ्य बीमा गरिने छ । २०८२ सम्म सडक मानवयुक्त बनाइने छ । आत्महत्यालगायत मानसिक रोकथाम लागि प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरिने छ । गृह प्रशासनलाई प्रभावकारी बनाउन सबल सक्षम र व्यवसायीक तुल्याइने विषयलाई नीति तथा कार्यक्रममा समेटिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार