सहकारी ठगी र गिरीबन्धु चिया बगानको भ्रष्टाचारविरुद्ध नेविसंघको प्रदर्शन
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार ११:३९:१३
२ जेठ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारी ठगीविरुद्ध प्रदर्शन गरेको छ । नेविसंघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै बुधबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा नेविसंघका २० जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेविसंघ नेता गोविन्द कोइरालाले सहकारीमा नागरिकहरूले गरेको बचत अपचलन, ठगी र दुरूपयोग भए पनि सरकार गम्भीर नभएकोले प्रदर्शन गरेको बताए । साथै गिरीबन्धु टी–इस्टेटबारे पनि छानबिन गर्न माग गरिएको नेविसंघले जनाएको छ । नेविसंघले पक्राउ परेका कार्यकर्ता तत्काल रिहाइको माग गरेको छ ।
उनीहरूले ‘गुड मर्निङ केपी बा, चिया खानु भो ?, गृहमन्त्रीज्यू सहकारी ठग र गिरीबन्धु ठगलाई टुँडिखेलमा राखेर नाकको डाँडी भाँचिने गरी हान्नु है’ लेखिएको प्ला कार्डसहित प्रदर्शन र नाराबाजी गरेका थिए ।
केपी ओली सरकारले तीन वर्षअघि झापाको बिर्तामोडस्थित गिरीबन्धु टी–स्टेटको अर्बौं पर्ने जग्गा सट्टापट्टा गर्न दिएको निर्णय सर्वोच्च अदालतले तीन महिना अघि बदर गरिदिएको थियो । त्यो फैसलाको पूर्णपाठ गत शुक्रबार सार्वजनिक भएको थियो ।
सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै नेपाली कांग्रेसले सदनमा अवरोध गर्दै आएको छ भने संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ । कांग्रेसले सदनमा अवरोध गरिरहेका बेला भ्रातृ संस्था नेविसंघ, तरूण दल र नेपाल महिला संघले सडकमा सहकारी प्रकरणलाई लिएर प्रदर्शन गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार