निर्वाचन आयोगविरुद्ध दायर रिट न्यायाधीश विनोद शर्माको इजलासमा

नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार ११:५५:१०

२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।
यो रिट सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलास पेशी तोकिएको छ । निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत गएका हुन् ।
जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् । अशोक राईसँग ७ जना सांसद छन् । यादवले सरकार छाडेर राई नेतृत्वको दल खारेजीका माग गर्दै अदालत गएका हुन् । उनले निर्वाचन आयोगलाई विपक्षी बनाएर सोमबार अदालतमा रिट दर्ता गराएका थिए ।
वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका थिए । सोही निवेदनको आधारमा आयोगले वैशाख २४ मा आधिकारिकताको प्रमाणपत्र दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप९२ करोड बिगो मागिएको एमडीएमएस खरिदमा भएको भ्रष्टाचार प्रकरणको आज फैसला हुनसक्ने
माघ २२, २०८१ मंगलबार
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मकुना हात्तीको मृत्यु
माघ २४, २०८१ बिहिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग
माघ २४, २०८१ बिहिबार
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
माघ २४, २०८१ बिहिबार
बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
'मकुना' हात्तीको मृत्यु प्रकरणमा सरकारले बनायो छानबिन समिति
माघ २४, २०८१ बिहिबार