चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार १२:२०:१७
२ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा बनेका इलेक्ट्रिक कार, सोलार प्यानल, स्टिल र अन्य उत्पादनमा कर वृद्धि गरेका छन् । ह्वाइट हाउसले पछिल्लो परिवर्तनमा चिनियाँ विद्युतीय कारमा शतप्रतिशत भन्सार महसुल पनि समावेश गरेको जनाएको छ ।
ह्वाइट हाउसले यो वृद्धि अनुचित नीतिका कारण र अमेरिकामा रोजगारी जोगाउने उद्देश्यले गरिएको जनाएको छ । चीनले यो वृद्धिको विरोध गरेको र छिट्टै प्रतिकारात्मक कारबाही गर्ने बताएको छ।
विश्लेषकहरूले यी शुल्कहरू धेरै हदसम्म प्रतीकात्मक रहेको र चुनावी वर्षमा भोट कमाउने उद्देश्यले प्रेरित रहेको टिप्पणी गरेका छन् ।
ह्वाइट हाउसले मंगलबार घोषणा गरेको करले करिब १८ अर्ब डलरको आयातलाई असर गर्ने जनाएको छ । विद्युतीय सवारी साधनको महसुल २५ प्रतिशतबाट शतप्रतिशत पुर्याइएको छ । सोलार सेलमा २५ प्रतिशतबाट ५० प्रतिशतमा बढाइएको छ ।
त्यसैगरी केही स्टिल र आल्मुनियम उत्पादनको महसुल दर ७.५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याएको छ ।जवाफमा, चीनको वाणिज्य मन्त्रालयले नयाँ कदमहरूले द्विपक्षीय सहयोगको वातावरणलाई गम्भीर रूपमा असर गर्ने टिप्पणी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
मंसिर २९, २०८१ शनिबार
नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
मंसिर २९, २०८१ शनिबार
धादिङमा बस दुर्घटना, आठ जना घाइते
मंसिर २९, २०८१ शनिबार
जसपा नेपालले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने
मंसिर २९, २०८१ शनिबार
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
मंसिर २९, २०८१ शनिबार