सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने

नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार १२:२८:२

२ जेठ, काठमाडाैं । कोरोना सक्रमणको जोखिमको समयमा हलमा रिलिज भएको नेपाली चलचित्र ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म 'सिनेमाघर एप'मा रिलिज भएको छ। मंगलवार रिलिज यो चलचित्र विश्वभरबाट सिनेमाघर एपको प्रयोग गरी हेर्न सकिन्छ।
२०७८ पुष ३० गते हलमा रिलिज भएको र तीन दिनमा नै कोभिड-१९ को महामारीले हलहरू बन्द भएपछि यो चलचित्र दोस्रो पटक फागुन २०७८ मा रिलिज भएको थियो। सो समयमा पनि दर्शकले कोभिड खोप कार्ड अनिवार्य लिएर हल जानुपर्ने भएपछि पुनः समस्या आएको थियो। सो समयमा निकै चर्चामा रहेको यो चलचित्र अब भने सिनेमाघर एप मार्फत सजिलै हेर्न सकिने छ।
निकेश खड्का निर्देशित यस चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, लक्ष्मी वर्देवा, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला लगायतको अभिनय छ। सस्पेन्स-थ्रिलर जनरामा बनेको चलचित्रका निर्माता अर्जुन कुमार हुन् । यो चलचित्र चर्चित चलचित्र सिरिज ‘चपली हाइट’को तेस्रो शृङ्खला हो।
यसअघि सिनेमाघर एपमा 'जय भोले', 'कबड्डी ४', 'महापुरुष', ‘जारी’, ‘पानी फोटो’ जस्ता बहुचर्चित चलचित्रहरू रिलिज भई सफल भइसकेका छन्। सिनेमाघर एप सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेका छन्।
एपमा उपलब्ध चलचित्रहरू नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ साथै, गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिन्छ। ‘चपली हाइट ३’ हेर्न रु। २०० रकम तिर्नुपर्ने हुन्छ । यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत चलचित्रहरू हेर्न सकिन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र 'हन्टर' को क्यारेक्टर्स लुक्स सार्वजनिक
माघ २३, २०८१ बुधबार
फिल्म पहाड मार्फत निर्देशनमा फर्किए तुलसी घिमिरे
माघ २२, २०८१ मंगलबार
सुरेन्द्र पौडेलले ‘वरिष्ठ बलराम’ चलचित्र बनाउने
माघ २२, २०८१ मंगलबार
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मकुना हात्तीको मृत्यु
माघ २४, २०८१ बिहिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग
माघ २४, २०८१ बिहिबार
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
माघ २४, २०८१ बिहिबार
बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
'मकुना' हात्तीको मृत्यु प्रकरणमा सरकारले बनायो छानबिन समिति
माघ २४, २०८१ बिहिबार