१११ खर्ब लगानी गरेर सवा ८० खर्बको जीडीपी बनाउने सोह्रौं योजनाको लक्ष्य, प्रतिव्यक्ति आय २३५१ डलर
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार १४:१५:३०
२ जेठ, काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषदले बैठकले स्वीकृत गरेको १६ औँ पञ्चवर्षीय योजनाले यो अवधिभरमा १ सय ११ खर्ब लगानी गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगले १६ औँ पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा प्रतिव्यक्ति आय २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ । यस्तै अर्थतन्त्रको आकार आर्थिक वर्ष २०८५/८६ सम्म ८० खर्ब १९ अर्ब पुर्याउने लक्ष्य आयोगको छ ।
यसमा समृद्धिका १० राष्ट्रिय लक्ष्य राखिएका छन् । यसमा साक्षरता दर गत आवमा ७६.२ प्रतिशत रहेकामा त्यसलाई ५ वर्षभित्र ८५ प्रतिशत पुर्याइने लक्ष्य राखिएको छ । योजनाले बेरोजगारी दर घटाउने महत्वाकांक्षी लक्ष्य पनि राखेको छ । गत आवमा ११.४ प्रतिशत रहेकामा ५ प्रतिशतमा झारिने लक्ष्य छ । आर्थिक वर्ष २०८१/०८२ को मूल्यमा ९४ खर्ब लगानी गर्नुपर्दा प्रचलित मूल्यमा १११ खर्ब बढी लगानी गर्नुपर्ने आयोगको भनाइ हो ।
आगामी ५ वर्षमा सेवा क्षेत्रबाट सबैभन्दा बढी लगानी गर्ने लक्ष्य राखेको छ । सेवा क्षेत्रबाट ५८ खर्ब ८० करोड लगानी गर्दा प्राथमिक क्षेत्रबाट ७ खर्ब ५२ अर्ब रुपैयाँ लगानी गर्नुपर्नेछ । द्वितीय क्षेत्रबाट २८ खर्ब ४९ अर्ब रुपैयाँ लगानीको आवश्यकता हुने अनुमान आयोगको छ । समृद्धिका राष्ट्रिय लक्ष्य पूरा गर्न निजी क्षेत्रको लगानी सबैभन्दा बढी हुने अनुमान योजनामा गरिएको छ ।
सार्वजनिक क्षेत्रको ३०.२ प्रतिशत, निजी क्षेत्रको ६७.२ प्रतिशत र सहकारी क्षेत्रबाट २.६ प्रतिशत लगानी गर्ने लक्ष्य राखिएको छ । यसैगरी श्रम उत्पादकत्व गत आवमा २ लाख ४५ हजार रहेकामा २ लाख ७५ हजार पुर्याइने लक्ष्य छ । सडक घनत्व गत आवमा ०.६३ किमि प्रतिवर्ग किमि रहेकामा ०७७ किमि कि.मि. पुर्याइने लक्ष्य राखिएको छ ।
विद्युत् उत्पादन (जलविद्युत तथा वैकल्पिक ऊर्जा जडित क्षमता) गत आवसम्म २ हजार ९ सय ६२ मेगावाट रहेकामा त्यसलाई ११ हजार ७ सय ६९ मेगावाट पुर्याउने लक्ष्य छ । प्रतिव्यक्ति विद्युत् उपभोग गत आवमा ३८० किलोवाट घण्टा रहेकामा ७ सय किलोवाट घण्टा पुर्याउने लक्ष्य छ । गत आवसम्म ९६.७ प्रतिशत जनसंख्यामा पुगेको विद्युत् पहुँच आगामी ५ वर्षमा शतप्रतिशत पुर्याउने लक्ष्य छ ।
त्यसैगरी गत आवसम्म ६९.२ प्रतिशत जनसंख्यामा पुगेको इन्टरनेट पहुँचलाई पनि ९० प्रतिशतमा पुर्याउने लक्ष्य राखिएको छ । योजना आयोगका अनुसार १६औँ योजनाले गत आवसम्म ३.३ मेट्रिक टन रहेको प्रतिहेक्टर कषि वस्तुको औसत उत्पादकत्व (प्रमुख बाली)लाई ३.७ मे.ट. प्रतिहेक्टर पुर्याउने लक्ष्य छ । बैंक तथा वित्तीय संस्थामा पहुँच पुगेको परिवार ६३ प्रतिशत रहेकामा त्यसलाई आगामी ५ वर्षमा ८५ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ ।
योजनाले आगामी आर्थिक वर्ष २०८५/०८६ मा ७.३ प्रतिशत आर्थिक वृद्धिदर पुर्याउने लक्ष्य लिएको छ । हाल नेपालको आर्थिक वृद्धिदर (२०७९/८०) ३.९ प्रतिशत छ । आर्थिक वृद्धितर्फ चालू आर्थिक वर्ष ०८०/०८१ मा ३.९ प्रतिशत, ०८१/८२ मा ६ प्रतिशत, ०८२/८३ मा ६.६ प्रतिशत, ०८३/०८४ मा ७.४ प्रतिशत, ०८४/८५ मा ७.९ प्रतिशत र ०८५/०८६ मा ७.२ प्रतिशत वार्षिक आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ । समग्रमा औसत आर्थिक वृद्धिदर ७.१ प्रतिशत कायम गर्ने १६ औँ पञ्चवर्षीय योजनाको लक्ष्य छ ।
पञ्चवर्षीय योजनाले आगामी अवधिमा हाल १ हजार ४ सय ५६ अमेरिकी डलर रहेको प्रतिव्यक्ति आय २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ । हाल गरिबीको रेखामुनि रहेको जनसंख्या (निरपेक्ष गरिबी) २०.३ प्रतिशत रहेकामा १२ प्रतिशतमा झार्ने लक्ष्य छ ।
यसअनुसार योजना अवधिमा जीडीपी ८० खर्ब १९ अर्ब रुपैयाँ पुग्ने राष्ट्रिय योजना आयोगले लक्ष्य राखेको छ । यो कुल गार्हस्थ्य उत्पादन आव २०८०/०८१ को मूल्यमा आधारित छ । जीडीपी र मूल्यअनुसार भने गत आवमा ५३ खर्ब ४८ अर्ब रहेको जीडीपी चालू आवमा ५७ खर्ब ४ अर्ब रहने अनुमान गरिँदा योजना अवधिमा १०३ खर्ब पुर्याउने लक्ष्य राखिएको छ ।
उपभोक्ता मुद्रास्फीति ७.७ प्रतिशत रहेकामा त्यसलाई ५ प्रतिशतमा झार्ने, मानव विकास सूचकांक हाल ०.६०१ रहेकामा ०.६५० पु¥याउने, मानव सम्पत्ति सूचकांक ७६.३ रहेकामा त्यसलाई ७८ पुर्याउने, आर्थिक तथा वातावरणीय जोखिम सूचकांक २९.७ रहेकामा २४ मा सीमित गर्ने, अपेक्षित आयु (जन्म हुँदाको) हाल ७१.३ वर्ष रहेकामा ७३ वर्षमा विस्तार गर्नेजस्ता लक्ष्यहरु पञ्चवर्षीय योजनामा राखिएका छन् ।
योजनाले नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०८५/८६ सम्म ८० खर्ब १९ अर्ब पुर्याउने लक्ष्य लिएको छ । गत आव (२०७९/८०)मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५३ खर्ब ४८ अर्ब रहेकामा चालू आव २०८०/८१ मा ५७ खर्ब ४ अर्ब रहने अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार