संसद अवरोध हटाउन सत्ता पक्षका तीन नेता छलफलमा
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार १४:४०:१८
२ जेठ, काठमाडौं । भोलि बिहीबार बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकअघि नेपाली कांग्रेसलाई कसरी मनाउने भन्नेबारे सत्तापक्षका तीन नेता छलफलमा जुटेका छन् । संसदमा देखिएको अवरोध हटाउनेबारे छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन नेताको छलफल राखेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच संसदको अवरोध हटाउने विषयमा आज नयाँ निर्णय गर्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछाने र एमाले अध्यक्ष ओलीबीच छलफल भइरहेको बताइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेको छ । कांग्रेसले संसदीय छानबिन समितिलाई बटमलाइन बनाएर संसदको अवरोध जारी राखेपछि सरकार अप्ठ्यारोमा परेको छ ।
प्रतिनिधिसभाको बैठक भोलि विहान (विहिबार) ११ बजेको लागि बोलाईएको छ । प्रधानमन्त्री प्रचण्ड कांग्रेसलाई चित्त बुझाउने गरि सहकारी ठगी प्रकरणको छानबिनको लागि संसदीय समिति बनाउन सकिनेमा लचिलो भएपनि एमाले र रास्वपा विपक्षमा भएकाले सरकार अप्ठ्यारोमा परेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार