बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान

नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार १५:३९:५

२ जेठ, तुलसीपुर। दाङमा बहु विवाह गरेका एकजना आरोपीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । दाङ जिल्ला अदालतले घोराही १५ तुलसीपुर चोक निवासी सरोज पौडेललाई बहु विवाहको आरोपमा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हो । पौडेल मुद्दा दर्ता भएपछि भागेका थिए ।
जिल्ला प्रहरी कार्यालय दाङले पौडेललाई फरार सूचीमा राखेर घटना बारे अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालय घोराहीलाई फाइल बुझाएको थियो । आफैं फरार रहेका पौडेल गएको वैशाख २५ गते अदालतमा हाजिर भएका थिए । जिल्ला न्यायाधीश तारा शर्माको एकल इजलाशले थुनछेकका क्रममा मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म पौडेललाई तत्कालको प्रमाणको आधारमा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हो ।
पौडेललाई अदालतको आदेश अनुसार कारागार बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले बताए । अदालतले आफ्नो जेठी पत्नी हुँदाहुँदै सम्बन्धविच्छेद नगरेर विदेश जाने लोभमा कान्छी श्रीमतीसँग विवाह गरेर सम्बन्धविच्छेद गरेको कागजलाई प्रमाणको रुपमा लिएको छ । अदालतमा पीडित महिलाले आफूलाई कुटपिट गरेर खान लाउन नदिई घरबाट निकाला गरेको बयान दिएकी छिन् ।
यसअघि प्रहरी र सरकारी वकिललाई दवाव दिएर पौडेललाई बहुविवाहको आरोपबाट उन्मुक्ति दिने प्रयास गरिएको थियो । जिल्ला सरकारी वकिल कार्यालय दाङले पनि बहुविवाह गरेको आरोपी विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । यस बारेमा सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि उच्च सरकार वकिल कार्यालयले जिल्ला सरकारी वकिलको निर्णय उल्ट्याउँदै घटना अनुसन्धान गरेर मुद्दा दर्ता गर्न निर्देशन दिएको थियो ।
प्रहरीले बहु विवाहको आरोपी छोरालाई उपस्थित नगराएपछि पौडेलका बाबु केशव पौडेललाई मुद्दा चलाउन खोजेको थियो । बाबुलाई मुद्दा चलाउन इन्कार गरेपछि सरकारी वकिल कार्यालय घोराहीका प्रमुखले छोरालाई फरार सूचीमा राखेर कारवाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीमा दुई लाख ९० हजार किशोरीलाई एचपिभी’ खोप लगाइने
माघ २२, २०८१ मंगलबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २१, २०८१ सोमबार
द्वन्द्व निरुपणको कार्य सरकारको प्राथमिकतामा : मुख्यमन्त्री आचार्य
माघ १४, २०८१ सोमबार
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मकुना हात्तीको मृत्यु
माघ २४, २०८१ बिहिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग
माघ २४, २०८१ बिहिबार
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
माघ २४, २०८१ बिहिबार
बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
'मकुना' हात्तीको मृत्यु प्रकरणमा सरकारले बनायो छानबिन समिति
माघ २४, २०८१ बिहिबार