एपीएफ ललितपुर मेयर्स कपको फाइनलमा
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार १५:३७:२६
२ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बलको (एपीएफ) क्लब ललितपुर मेयरर्स कप क्रिकेटको फाइनलमा पुगेको छ । बुधवार भएको खेलमा आयोजक ललितपुर मेयर्स–११ लाई पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरलाई ८ विकेटले पराजित गर्दै एपीएफ एक खेलअघि नै फाइनलमा पुगेको छ । यस खेलमा ललितपुरले दिएको ७२ रनको लक्ष्य पछाएको एपीएफले ९.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ७१ रन बनाएको थियो । एपीएफले ३ खेलमा सबै खेल जितेर ६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै सुदूरपश्चिमले २ खेलमा ४ अङ्क बटुलेको छ भने ललितपुरको ३ खेलमा २ अङ्क रहेको छ भने कोशी प्रदेश र बागमती प्रदेश २-२ खेल खेलेर अंकविहीन रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप क्रिकेटः एपिएफ विजयी
माघ १०, २०८१ बिहिबार
अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक
माघ १०, २०८१ बिहिबार
टी २० महिला विश्वकपको समूह चरणबाटै बाहिरियो नेपाल, ५६ रन मात्र बनाउन सक्यो
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
माघ १०, २०८१ बिहिबार
आवश्यकताअनुसार औषधि उपलब्ध गराउने गरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल
माघ १०, २०८१ बिहिबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाई
माघ १०, २०८१ बिहिबार