प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित

नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार १९:३५:३७

२ जेठ, काठमाडौं । प्रतिकूल मौसमका कारण दुई दिनदेखि सगरमाथा आरोहण अवरुद्ध भएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार सगरमाथाको चौथो शिविरभन्दा माथितिरको प्रतिकूल मौसमको कारण हिजो मङ्गलबार र आज कुनै पनि टोलीको आरोहण नभएको सगरमाथा आधार शिविरमा रहेको विभागको फिल्ड कार्यालयले जानकारी गराएको छ ।
सगरमाथा आरोहणका क्रममा हराइरहेका दुई जना मङ्गोलियन आरोहीको खोज तथा उद्धारका लागि ‘एटके एक्सपिडिसन’ प्रालिमार्फत दुई शेर्पा खटाइए पनि मौसमी प्रतिकूलताका कारण चौथो शिविरमै रोकिएको र उद्धारका लागि थप दुई जना शेर्पा हाल तेस्रो शिविर पुगेको जनाइएको छ ।
पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार वसन्त ऋतुको जारी आरोहणमा गत वैशाख ३१ गते बिहान ८ः४५ बजे सगरमाथाको चुचुरोतर्फ लागेका मङ्गोलिन नागरिक ५३ वर्षीय युखजर्गल सिडेनडम्बा र ३१ वर्षीय प्योरभिस्रन खाग्बाजाभ सम्पर्कविहीन भएको विभागले जनाएको छ ।
गत वैशाख २८ गतेदेखि सुरु भएको वसन्त ऋतुको जारी आरोहणमा हालसम्म ७० भन्दा बढी आरोहीले सगरमाथा आरोहण गरिसकेका छन् । कामीरिता शेर्पाले वैशाख २९औँ पटक सगरमाथा आरोहण गरेर यसअघि धेरै पटक सगरमाथाको सफल आरोहण गर्ने आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन् ।
विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘सङ्घर्ष’
माघ ३०, २०८१ बुधबार
सरकारले पर्यटकको सुरक्षाका लागि अब रारामा पर्यटक प्रहरी राख्ने
माघ २७, २०८१ आइतबार
'तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा
माघ २७, २०८१ आइतबार
ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट
माघ ३०, २०८१ बुधबार
कक्षामा हल्ला गरेको भन्दै शिक्षिकाले ३ जना विद्यार्थीलाई तातो पन्युले डामिन्
माघ ३०, २०८१ बुधबार
साँखुमा स्कुलबस दुर्घटना: ३ जनाको मृत्यु, ४० घाइते
माघ ३०, २०८१ बुधबार
मालपोत कार्यालय लहानको कामकाज प्रभावित
माघ ३०, २०८१ बुधबार
हल गोरु पाल्ने कृषकलाई अनुदान
माघ ३०, २०८१ बुधबार
भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने लोसपाको निर्णय
माघ ३०, २०८१ बुधबार