टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार २१:२५:४७
२ जेठ, काठमाडौं । टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक, २०२४ का लागि छनोट भएका छन् । लैनचौरस्थित टेबल टेनिस हलमा आज भएको दक्षिण एसियाली छनोट प्रतियोगिताको पुरुष एकल तर्फको फाइनल खेलमा स्यान्टुले नेपालकै संयोग कपालीलाई ४–३ ले पराजित गर्दै ओलम्पिकमा छनोट भएका हुन् । योसँगै ओलम्पिकमा छनोट चरणबाट खेल्ने स्यान्टु तेस्रो नेपाली खेलाडी बनेका छन् ।
यसअघि नेपालबाट तेक्वान्दोका सङ्गीना वैद्य र दीपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाएका थिए । सङ्गीना सन् २००४ मा एथेन्स र दीपक सन् २००८ मा बेइजिङ ओलम्पिकका लागि छनोट भएका थिए ।
‘वेस्ट अफ सेभेन’मा भएको आजको खेलमा पहिलो सेट ११–७ अङ्कले आफ्नो पक्षमा पारेका स्यान्टु दोस्रो सेटमा ८–११ अङ्कले पराजित भए । त्यसपछिका दुई सेट ११–७ र ११–६ अङ्कले जित निकालेका स्यान्टुले पाँचौँ र छैटौँ सेट ८–११ र ८–११ अङ्कले गुमाए । अन्तिम सेट ११–९ अङ्कले आफ्नो पक्षमा पार्दै स्यान्टुले ओलम्पिकमा स्थान पक्का गरे ।
यसअघि स्यान्टुले श्रीलङ्कका चमिरा गिनिगे र संयोगले श्रीलङ्काकै जयसनका डी सिल्भालाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार
पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनलाई
पुष १५, २०८१ सोमबार
‘कला, संस्कृति र इतिहासको अभिलेख राख्न जरुरी’
पुष १५, २०८१ सोमबार
परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदारमात्रै बनायोः महासचिव पोखरेल
पुष १५, २०८१ सोमबार
हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध, यात्रु सडकमै अलपत्र
पुष १५, २०८१ सोमबार