लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार २१:३९:६
२ जेठ, काठमाडौं । पर्यटन क्षेत्रका श्रमिकको संस्था नेपाल ट्रे र्याफ्टिङ, एयरलाइन्स श्रमिक युनियन (युनिट्राभ)ले लाङटाङ हिमालको आधार शिविर र पद मार्गको सरसफाइ गर्ने भएको छ ।
युनिट्राभले आज पत्रकार सम्मेलन गरी पद मार्ग क्षेत्रमा कार्यरत १७ श्रमिकको प्रत्यक्ष सहभागितामा लाङटाङ हिमाल क्षेत्रका पद मार्ग र आधार शिविर क्षेत्रमा सरसफाइ गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले ‘हिमाल बचाऔँ, जलवायु परिवर्तनको असर कम गरौँ’ अभियानका साथ यही जेठ ४ गतेदेखि १६ गतेसम्म लाङटाङ हिमालको आधार शिविर र पद मार्गमा सरसफाइ गर्न लागिएको जानकारी दिए ।
“जलवायु परिवर्तनको असर कम गरौँ, हिमाललाई बचाइ राखौँ र मानव जीवनलाई बचाइ राखौँ उद्देश्यका साथ सरसफाइ अभियान गर्न लागेका हौँ”, अध्यक्ष पराजुलीले भने । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) र युनिट्राभ तथा नेदरल्यान्डको सहयात्री ट्रेड युनियन एफएनभीसँगको सहकार्यमा लाङटाङ हिमाल जाने पद मार्ग र हिमालको आधार शिविरसम्म सरसफाइ गर्न लागिएको हो ।
पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत श्रमिकको हक, अधिकारसहित मर्यादित काम र ज्यालाको विषयमा २०४० सालमा स्थापना भएको युनिट्राभले यसअघि सगरमाथा, आमादब्लम, मेरा पीक, मनास्लु, लाङटाङ, अन्नपूर्ण, धौलागिरि, गौरीशङ्करलगायतका हिमालका आधार शिविर तथा पद मार्गमा सरसफाइ गरिसकेको छ ।
‘स्वच्छ हावापानी, स्वच्छ जीवन, हाम्रो अधिकार’ नारासहित यसअघि त्रिशूली, भोटेकोशी, फेवाताल, शाली नदी, बागमतीलगायत नदीमा सरसफाइ गरिसकेको अध्यक्ष पराजुलीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
सन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार