सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
नेपालबहस संवाददाता
जेठ ३, २०८१ बिहिबार ७:१३:३३
३ जेठ, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बिहान सवा १० बजे प्रदेशसभा बैठक बोलाइएको छ ।
प्रदेश सभा सचिवालयले यसअघि वैशाख २१ र २२ गते दुई पटक विश्वासको मत लिन बैठक बोलाएको थियो । तर सत्तारुढ दलको प्रमुख घटक नेकपा एमालेले मुख्यमन्त्रीले हतार गरेका कारण तत्काल विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेश सभाको बैठक नबसेर स्थगित भएको थियो ।
अहिले विश्वासको मत दिन एमाले तयार भएपछि मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन थालेको हो । एमालेले सोडारीलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने जनाएको छ ।
वैशाख ६ गते एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, रन्जिता पक्षको नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र एक सांसदको समर्थनमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
जेठ ४ गतेसम्म उनले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
पुष १४, २०८१ आइतबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
आर्थिक संकटमा हेटौंडा सिमेन्ट, असोज १५ देखि रोकिएको उत्पादन फेरी सुरु हुन सकेन्
पुष १४, २०८१ आइतबार
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
पुष १४, २०८१ आइतबार
दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटनाः मृतकको संख्या ६४ पुग्यो
पुष १४, २०८१ आइतबार
सल्लेरीवासीलाई पानीको चिन्ता, ‘हिउँद नआए हुन्थ्यो लाग्छ’
पुष १४, २०८१ आइतबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १४, २०८१ आइतबार