प्रतिनिधिसभाबाट आज पनि पारित नहुने भो धन्यवाद प्रस्ताव, कांग्रेस उठेपछि एमाले पनि उठ्ने
नेपालबहस संवाददाता
जेठ ३, २०८१ बिहिबार १०:३२:२९
३ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित नहुँदा संसदीय मान्यता विपरीत हुने र संवैधानिक प्रश्न उठ्ने भन्दै प्रतिपक्ष दलले यो प्रस्ताव पारित गर्न दिनुपर्ने बताए पनि आज पारित नहुने देखिएको छ । प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदका सबै कार्यसूचीमा अवरोध गर्ने जनाएको छ । कांग्रेसको अवरोधमा एमाले सांसदले उठेर प्रतिकार गर्ने भएका छन् ।
सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन नभएसम्म संसद अवरोध गर्ने रणनीति अनुसार आज पनि सुरुमै कांग्रेसले संसद बैठक अवरोध गर्नेछ । संसद सचिवालयले बैठकको सम्भावित ९ वटा कार्यसूचीमध्ये धन्यवादको प्रस्ताव पनि कार्यसूचीमा राखेको छ । एमाले सांसदले कार्यसूची अगाडि बढाउन सभामुखलाई आग्रह गर्नेछन् ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवं मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यी कुनै पनि अगाडि नबढ्ने देखिएको छ ।
प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, प्रधानमन्त्री प्रचण्डले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची छ । बैठकमा उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । तर, सुरुमै बैठक अवरोध गर्न कांग्रेस सांसदहरू तयारी अवस्थामा बसेका छन् ।
आजको बैठकमा कांग्रेसले अवरोध गरेपछि एमाले सांसदहरूले उठेर विरोध जनाउने भएका छन् । उनीहरू संसदका काम कारवाही अगाडि बढाउन सभामुखलाई दवाव दिने रणनीति बनाएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै गरिरहेको संसद अवरोधका विरुद्धमा लाग्न एमाले सांसदलाई ओलीले निर्देशन दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार