सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
नेपालबहस संवाददाता
जेठ ३, २०८१ बिहिबार १०:४७:५४
३ जेठ, काठमाडौं । सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक भएको छ । साढे दुई मिनेटको यो ट्रेलरमा फुलेरा गाउँको राजनीति र प्रमुख सचिव अभिषेकको प्रेमकथाको झलक देख्न सकिन्छ ।
शोको यो नयाँ सिजनमा जम्मा ८ एपिसोड हुनेछन् । दीपक कुमार मिश्राले निर्देशन गरेको यो शृङ्खला मे २८ बाट प्राइम भिडियोमा स्ट्रिम हुनेछ ।
ट्रेलरमा एकातिर सचिवले गाउँमा भइरहेको बेकारको राजनीतिबाट जोगिएर पढाइमा ध्यान केन्द्रित गर्न खोज्दा अर्कोतर्फ फुलेरा गाउँमा पञ्चायतको निर्वाचन हुन लागेको देखाइएको छ । गत सिजन, विधायक साहेबले प्रधान जी र सचिवजीलाई समस्यामा पारेका थिए र उनीहरूको जागिर पनि खतरामा थियो । अब यो नयाँ सिजनमा बनरकस पनि यी दुबैको पछि लागेका छन् ।
हिन्दी बाहेक, पञ्चायत ३ तमिल, तेलुगु, मलयालम र कन्नडमा पनि प्रिमियर हुनेछ। सिरिजमा जितेन्द्र कुमार, नीना गुप्ता, रघुवीर यादव, फैसल मलिक, चन्दन रोय र सान्विका जस्ता कलाकारहरू देखिनेछन् । यसअघिका दुवै सिजनलाई दर्शकले अत्यधिक मन पराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
दक्षिण भारतका फिल्म सुपरस्टार नयनतारा र धनुषबीच विवाद
मंसिर ५, २०८१ बुधबार
अल्लु अर्जुन बने भारतका सबैभन्दा महंगा अभिनेता
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार