म्याग्दीको दरबाङ सडक कालोपत्र गरियो
नेपालबहस संवाददाता
जेठ ३, २०८१ बिहिबार १०:५४:४
३ जेठ, म्याग्दी । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको उपल्लो बजारमा ढल निकासको पक्की नालीसहित सडक कालोपत्र गरिएको छ ।
विसं २०६३ मा ट्र्याक खुलेको र बेनी–दरबाङ सडकसँग जोडिएको यो सडकले दिच्याम र उपल्लो दुखुलाई जोड्छ । मालिका गाउँपालिका–६ दरवाङको आवासीय क्षेत्रसमेत रहेको उपल्लो बजारको बाटो कालोपत्र भएपछि गाउँको सौन्दर्य बढेको छ ।
पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको सडक कालोपत्र गरेको हो ।
गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थापन मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/०८१ मा रु ६५ लाख बजेट विनियोजन गरेपछि सडक कालोपत्र गरिएको हो । दुई सय ५० मिटर प्रिमिक्स प्रविधिको कालोपत्र र एक सय ५० मिटरमा पक्की नाला निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका सव इञ्जिनियर रवीन चोखालले बताए ।
यसअघि मालिका गाउँपालिकाले यस सडकका यसअघि नै करिब चार सय मिटर पक्की नाली निर्माण गरेर ढल व्यवस्थापन गरिसकेको छ ।
यसैगरी म्याग्दीमा चालु आवमा १६ किलोमिटर सडक कालोपत्र गर्ने को लागि तयारी भइरहेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेका बहुवर्षीय र सालबसाली आयोजनामार्फत १६ दशमलव २ किलोमिटर सडक कालोपत्र र आरसिसी र पिसिसी ढलान गर्न लागेको हो ।
पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलका अनुसार छ किलोमिटर ग्राभेल, १० किलोमिटर नयाँ मार्ग खोल्ने, १५ किलोमिटर सडक विस्तार, चार किलोमिटर नाली निर्माण, १० हजार घनमिटर टेवा पर्खाल निर्माण गर्न आयोजना सञ्चालन भएको जानकारी दिए ।
उनका अनुसार सडक निर्माण, स्तरोन्नति, कालोपत्र, झोलुङ्गे र सडक पुलसम्बन्धी नयाँ ७० वटा योजना रहेकोमा ११ वटा आयोजना बहुवर्षीयका लागि स्रोत सुनिश्चितता गर्न सिफारिस भएकोमा चार वटा ठेक्काको मूल्याङ्कन चरणमा छन् । सालबसाली २३ वटा योजनाको ठेक्का र १३ वटा उपभोक्ता समितिमार्फत कार्यान्वयन भइसकेका छन् । सात वटा सालबसाली योजना सम्पन्न भइसकेका छन् भने चार वटा आयोजनाको ठेक्का सम्झौताको तयारी भएको छ । यसअघि ठेक्का सम्झौता भएका १३ वटा आयोजना चालु रहेका छन् ।
चालु आवमा कूल रु ७१ करोड ३७ लाख बजेट विनियोजन भएको कार्यालयले फागुन मसान्तसम्म रु आठ करोड ९३ लाख ४३ हजार बजेट खर्च गरेको छ । गत आवमा १३ दशमलव २८ किलोमिटर पक्की सडक, सात दशमलव दुई किलोमिटर ग्राभेल, २३ दशमलव दुई किलोमिटर कच्ची सडक निर्माण भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति
असोज २४, २०८१ बिहिबार
भारत सरकारले दियो ३८ करोड बराबरका १० वटा स्टिल ब्रिज पुलका पार्टपुर्जा
असोज २४, २०८१ बिहिबार
काठमाडौं उपत्यकाबाट दैनिक एक लाख मानिस बाहिरिन्छन्, ३० हजार भित्रन्छन्
असोज २३, २०८१ बुधबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
प्रहरीमा मानव स्रोत व्यवस्थापनः वर्तमान अवस्थाको चित्रण
नेपालबहस संवाददाता
असोज २३, २०८१ बुधबार
प्रहरीमा मानव स्रोत व्यवस्थापनः वर्तमान अवस्थाको चित्रण
असोज २३, २०८१ बुधबार
उर्जामन्त्रीको विवादित होटल उद्घाटनमा प्रधानमन्त्रीदेखि कांग्रेस सभापतिसम्म
असोज २४, २०८१ बिहिबार
बार र बेञ्चको विवादः कात्तिक १ गते कसरी समाधान निस्कन्छ ?
असोज २४, २०८१ बिहिबार
उर्जामन्त्रीको विवादित होटल उद्घाटनमा प्रधानमन्त्रीदेखि कांग्रेस सभापतिसम्म
असोज २४, २०८१ बिहिबार
बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति
असोज २४, २०८१ बिहिबार
भारत सरकारले दियो ३८ करोड बराबरका १० वटा स्टिल ब्रिज पुलका पार्टपुर्जा
असोज २४, २०८१ बिहिबार
शहरमा भन्दा दशैं त गाउँघरतिरै रमाइलो
असोज २४, २०८१ बिहिबार