ओली र प्रचण्डपछि सभामुखले थाले सचेतकसँग छलफल, संसद ढिला सुरु हुने
नेपालबहस संवाददाता
जेठ ३, २०८१ बिहिबार ११:३१:४२
३ जेठ, काठमाडौं । संसदको अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीचको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार तीन नेताबीच छलफल भएको थियो ।
अहिले सभामुखले दलका सचेतक र प्रमुख सचेतकसँग छलफल सुरु गरेका छन् । तीन नेताबीच बुधबार पनि सिंहदरबारमा छलफल भएको थियो । तर, संसद खुलाउने विषयमा केही निर्णय आउन सकेन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनाबारे छानबिन गर्न संसदीय समिति नबनाइएसम्म संसद् बैठक सञ्चालन गर्न दिने अडानमा छ ।
तीन नेताको बैठकले कुनै निष्कर्ष नदिएपछि कम्तीमा धन्यवाद प्रस्ताव भएपनि पारित गराउने सभामुखले कांग्रेससँग आग्रह गरेका छन् । सचेतकहरुसँग यही विषयमा छलफल चलिरहेको बताइएको छ । घिमिरेले प्रतिनिधि सभाको बैठक अघि दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन् ।
आज ११ बजेका लागि बैठक बोलाए केही ढिलाइ हुने भएको छ । एकीकृत समाजवादीले प्रतिपक्षी दललाई जिस्क्याएर वा होच्याएर संसद् चल्न नसक्ने बताएको छ । संसद्मा जारी गतिरोधबारे सत्ता पक्षले विपक्षीको कुरा सुन्नुपर्ने बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार