संसद विघटन गराउने लक्ष्य बोकेका ओलीको धम्कीले कांग्रेस डराउने वाला छैनः शेखर कोइराला
नेपालबहस संवाददाता
जेठ ३, २०८१ बिहिबार १४:१३:२१
३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसद विघटनको बाटोमा लागेर कांग्रेसलाई नधम्क्याउन चेतावनी दिएका छन् । यो प्रतिनिधिसभालाई विघटनको स्थितिमा पुर्याएर पहिलेको संसद विघटन सही थियो भन्ने कुरा पुष्टि गराउन ओलीले खोजिरहेको भन्दै कोइरालाले ओलीको धम्कीले कांग्रेस नडराउने बताए ।
बिहीबार पार्टी निकट बुद्धिजीवी संगठन प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा उनले ओलीले सरकार गठनको प्रक्रिया धारा ७६ (३), धारा ७६ (५) हुँदै प्रतिनिधिसभा विघटनसम्म पुर्याउन खोजेको बताए । यही उद्देश्य राखेर ओलीले सरकारी ठगीमा संसदीय छानबिन समिति बनाउन नमानेको उनले बताए । कांग्रेसलाई धाकधम्की देखाएर उद्देश्यमा पुग्न सकिन्छ भन्ने कुरा नसोच्न उनले चेतावनी दिए ।
कांग्रेसले आज जनतासँग जोडिएको सहकारीमा भएको ठगीलाई छानबिन गरौँ भन्दा अरु कारणले ओलीले नमान्नुपर्ने स्थिति नदेखिएको बताए । उनले भने, ‘हामीले सरकारी ठग्नेहरूलाई छानबिन गरेर कारवाहीको दायरामा ल्याउन संसदीय समिति बनाऔँ भनेका हौँ । सरकारी ठगीमा उपप्रधान एवं गृहमन्त्रीको पनि नाम आयो । उहाँको विषय पनि समितिले प्रष्ट पार्छ । समिति भएपछि सबैको छानबिन हुन्छ भनेर भनेका हौँ ।’
उनले कांग्रेसले रविको मात्र छानबिन हुनुपर्छ र रविले गृहमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने विषय नउठाएको बताए । सत्ता पक्षका नेताहरूले रविलाई केन्द्र विन्दुमा राखेर कांग्रेसले समिति माग्यो भनिरहेका छन्, त्यो गलत हो । हामीले समग्र सहकारीको ठगीमाथि छानविन हुनैपर्छ भनेको हो । कोइरालाले रवि लामिछाने गृहमन्त्री भएको र उनी सहकारी ठगीमा संलग्न भएको कुरा सडकबाट आएको बताए । आरोप लागेपछि आफै नेतृत्वमा बस्ने र छानविन गराउँछु भन्ने कुरा नमिल्ने उनको भनाइ छ ।
कोइरालाले संसदमा द्वन्द्व गराएर ओली आफ्नो अभीष्ट पुरा गर्ने सोचमा अगाडि बढिरहेको बताए । आफू गल्ती गर्ने अनि कांग्रेसमाथि धाक धम्कीको भाषा बोल्ने कुरा सहि नहुने उनको भनाइ छ । ओलीको तल्लो स्तरको भाषाले कांग्रेस नडराउने भन्दै कोइरालाले संविधानका धारा केलाएर ओली संसद विघटनको बाटोमा हिँडिरहेको बताए । एमाले ७६(३) धारा उपधारामा जान खोजिरहेको छ, प्रचण्ड जीलाई थाहा छ कि छैन म भन्न सक्दिन ७६ (३) मा गइसकेपछि (ओली) कसैलाई स्वीकार्ने पक्षमा हुनुहुन्न’ उनले भने ।
संविधानको धारा ७६ (३) मा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री हुन सक्ने व्यवस्था छ । तर उनले विश्वासको मत लिन नसकेमा धारा ७६ (५) अनुसार सरकार गठन हुन्छ, जसमा प्रतिनिधिसभामा विश्वासको मत लिन सक्ने कुनै संसद सदस्य प्रधानमन्त्री हुने व्यवस्था छ । धारा ७६ (३) पछि ५ मा जान्छ, उहाँले संसद विघटन गरिकन दुई अढाइ वर्ष पहिले संसद विघटन गरेको पुष्टि गर्न उहाँ उद्धत हुनुहुन्छ, यसमा कुनै शंका गरिरहनु पर्दैन, उनले भने ।
अब कांग्रेसले यसलाई रोक्न लाग्नुपर्ने उनले बताए । नेता कोइरालाले संघीय सरकार र प्रदेश सरकारको धेरै कमजोर भएका कारण न्यायिक सक्रियता बढेको बताएका छन् । अति न्यायिक सक्रियता संविधानका लागि पनि घातक हुने उनले बताए । प्रदेश र संघका सरकार यति कमजोर भएछौं, त्यसले जुडिसियल एक्टिभिजम यति धेरै बढेको छ, त्यसको हिसाब किताब छैन । जुडिसियल एक्टिभिजमले संविधानलाई केयर गर्दैन, त्यतातिर पनि ध्यान दिएर अगाडि जानुपर्छ, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुग्यो
मंसिर ७, २०८१ शुक्रबार
चीनले प्रतिबद्धता जनाएको अनुदानमै समस्या छ, बीआरआईमा ऋणको सहमति गर्न सकिन्नः कांग्रेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
मंसिर ७, २०८१ शुक्रबार
सत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमति
मंसिर ७, २०८१ शुक्रबार