समितिले १५ दिनमा काम सक्ने र त्यतिन्जले रवि लामिछाने बाहिर बस्ने गरी सहमति जुटाइँदै
नेपालबहस संवाददाता
जेठ ३, २०८१ बिहिबार १४:४७:५०
३ जेठ, काठमाडौं । सत्तापक्ष र विपक्षी दलहरू यतिबेला तह तहको छलफलमा लागिरहेका छन् । बिहीबार ४ बजे सारिएको संसद बैठकअघि विभिन्न विकल्पमा मुख्य नेताहरु सहमति जुटाउने प्रयासमा लागिरहेका छन् । बिहीबार पहिलो र दोस्रो तहका नेताबीच चरण चरणमा छलफल जारी छन् ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बिहीबारको बैठक केही समय सारेर सहमति खोज्न बहुपक्षीय छलफल भइरहेको छ । संसद् भवन नयाँ बानेश्वरमा सबै दलका नेताहरू छन् । उनीहरुले आ–आफ्ना दल र फरक फरक दलका नेताहरूबीच अनौपचारिक संवाद गरिरहेका छन् । सभामुख देवराज घिमिरे र शीर्ष नेताहरू पनि छलफलमा छन् । दोस्रो र तेस्रो तहका नेताहरू पनि आपसी सहमति खोज्ने कोसिसमा छन् ।
अहिले मुख्य गरी तीन विकल्पमा छलफल भइरहेको नेताहरूले बताएका छन् । गृहमन्त्री रविलाई बोल्न दिने, १५ दिनको म्याद राखेर छानबिन समिति बनाउने र सो समयसम्म रविले उपप्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारीबाट बाहिर बस्ने छन् । यसबाहेकका अरु विकल्पहरूका वरिपरि छलफल भइरहेको जानकारी दिइएको छ ।
नेताहरूका अनुसार कांग्रेसले कुनै हालतमा सहकारी छानबिन समिति गठन गर्नै पर्ने अडान राखेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँग संवाद गरेका छन् । उनले गृहमन्त्री रवि लामिछानेलाई बोल्न पनि दिने र सहकारी छानबिन समिति पनि बनाउने विषयमा कुरा गरेका छन् । तर यो विषयमा एमाले र रास्वपाको स्पष्ट धारणा आइसकेको छैन ।
सदनमा बजेट ल्याउन कांग्रेसले अवरोध नगर्ने, सर्वोच्च अदालतबाट समेत आदेश आइसकेकोले गिरीबन्धु टिस्टेटको विषयलाई अब संसदमा कांग्रेसले प्रवेश नगराउने लगायतका विकल्पहरूका वरिपरि छलफल भइरहेको छ । विकल्पहरूका बीचमा सहमति बने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बिहीबारको बैठकको अवरोध हट्ने सम्भावना देखिएको छ ।
बैठकको अवरोध हट्ने संकेत पाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई बैठक सार्ने अनुरोध गरेका थिए । प्रधानमन्त्रीको अनुरोध अनुसार प्रतिनिधि सभा अपरान्ह ४ बजे र राष्ट्रिय सभाको बैठक ४ः३० बजे बस्ने गरी सूचना टाँगेर स्थगित गरिएको छ । अहिले सबै नेताहरु छलफलमै व्यस्त छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार