कांग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक भोलि १ बजेसम्म स्थगित
नेपालबहस संवाददाता
जेठ ३, २०८१ बिहिबार १७:८:५
३ जेठ, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको बैठक अवरोध गरेको छ । सहकारी छानबिनको विषयमा सत्तारुढ दल र प्रमुख विपक्षी दलबीच कुरा नमिल्दा कांग्रेसले बिहीबार राष्ट्रिय सभामा अवरोध जारी राखेको हो । अर्को बैठक शुक्रबार १ बजे बोलाइएको छ ।
संसदीय छानबिन समितिको विषयलाई लिएर राष्ट्रिय सभा अवरोध भएको हो । कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारीको बचत अपचलनमा संलग्न भएको र सहकारी ठगीको विषयमा संसदीय समिति बनाएर छानबिन गर्नुपर्छ भनिरहेको छ । उक्त समिति नबन्दा बैठकमा अवरोध गरेको हो ।
कांग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन । दलहरूबीच सहमति हुने संभावना भएपछि प्रधानमन्त्रीको अनुरोधमा बिहीबारको बैठक ४ ः ३० बोलाएको बैठक अघि बढ्न सकेन । राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार १ः१५ मा बस्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
अब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार
भारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार