बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
नेपालबहस संवाददाता
जेठ ३, २०८१ बिहिबार २०:३६:५३
३ जेठ, काठमाडौं । नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्। एक युवतीले प्रहरीमा जवरजस्ती करणीको जाहेरी दिएपछि शर्मा फरार भएका हुन्। भक्तपुर सूर्यविनायक २ बालकोट बस्दै आएका शर्मालाई प्रहरीले खोजी गरिरहेको छ।
प्रहरी वृत्त दरबारमार्गमा युवतीले शर्माविरुद्ध जवरजस्ती करणीको जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि खोजीमा रहेको प्रहरीले शर्मा कहाँ छन् पत्ता लगाउन सकेको छैन। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले शर्माविरुद्ध जवरजस्ती करणीको जाहेरी परेको र उनी हाल फरार रहेको बताए।
‘एक जना युवतीले जवरजस्ती करणी गरेको जाहेरी दिनुभएको छ,’ उनले भने, ‘जाहेरीपछि अनुसन्धानका लागि खोजी गर्दा उहाँ फेला पर्नुभएको छैन।’ घटना अनुसन्धानका क्रममा रहेकाले प्रहरीले यसबारे थप विवरण उल्लेख गरेको छैन।
शर्मा निर्माण व्यवसायीसमेत हुन्। उनको ठिमी नगरपालिका-३ गट्ठाघरमा प्रदेश निर्माण सेवा छ।
दोलखाका जिल्लास्तरीय नेता शर्मा बालकोट बस्दै आएका छन्। नेकपा एमालेको गत जिल्ला अधिवेशनमा उनी उपसचिव पदको उम्मेदवार बनेका थिए।
ठेक्कापट्टा साथै शर्मा मिटर ब्याजको कारोबारमा सक्रिय छन्। उनलाई भरतपुरका एक जना निर्माण व्यवसायीलाई मिटरब्याजमा रकम लगाएर पीडित बनाएको आरोप लागेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभन्सार छलेर सामान ल्याउने पिकअप भ्यानसहित चालक पक्राउ
पुष १८, २०८१ बिहिबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले संसद अधिवेशन नबोलाएर अध्यादेशमार्फत दल फुटाउने नीति लिएः माओवादी
पुष १९, २०८१ शुक्रबार
पर्यटकीयस्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल
पुष १९, २०८१ शुक्रबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान
पुष १९, २०८१ शुक्रबार
सामूहिक खेतीतर्फ आकर्षित सिसवोनीका दलित महिला
पुष १९, २०८१ शुक्रबार
काग्रेसले विभागहरुसँग माग्यो कार्ययोजना, फागुन मसान्तभित्र बुझाइसक्नुपर्ने
पुष १९, २०८१ शुक्रबार