‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
नेपालबहस संवाददाता
जेठ ३, २०८१ बिहिबार २१:४२:२६
३ जेठ, काठमाडौं । अर्थ विज्ञहरूले राज्यको अर्थतन्त्र वृद्धिमा विप्रेषण (रेमिट्यान्स) महत्वपूर्ण भए पनि विकासको दीर्घकालीन माध्यम भने नभएको बताएका छन् । फेड्रिक इबर्ट स्टिफ्टुङ्ग (एफइएस_ ले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र सामाजिक न्याय’ विषयक कार्यक्रममा विज्ञहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख प्राध्यापक कृष्ण आचार्यले रेमिट्यान्स विकासको दीर्घकालीन उपाय नहुने तर्क गर्दै स्वदेशी उत्पादनमा जोड नदिएसम्म विकास नहुने धारणा राखे । “विकास र उत्पादन अन्योन्याश्रित छन् । हामीले अरूबाट ल्याएको भरमा विकास भयो भन्न मिल्दैन, विकास हुन स्वदेशी उत्पादनमा जोड दिनुपर्छ”, उनले भने ।
छलफलमा सहभागी अन्य व्यक्तिले पनि विकास, राज्यको अर्थतन्त्रको अवस्था र सामाजिक न्यायमाथि विमर्श गरेका थिए । त्यसक्रममा मुख्य वक्ता नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर डा निलम ढुङ्गानाले राज्यको अर्थतन्त्रमा कोभिड– १९ का कारण नकारात्मक असर परे पनि विस्तारै सुधार हुँदै गएको बताए । उनले पछिल्लो राजनीतिक परिवर्तनसँगै नेपालको अर्थतन्त्रमा क्रमिक परिवर्तन आए पनि कोभिड महामारी, भुकम्पजस्ता विपद्ले समस्या सिर्जना गरेको धारणा राखे ।
यस्तै, डा कल्पना खनाल, सरस्वती बहुमुखी क्याम्पसकी सहायक प्राध्यापक जमुना श्रेष्ठ लगायतले अर्थतन्त्रको अवस्था र सुधारका विषयमा धारणा राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार