मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार ८:१३:५०
४ जेठ, जनकपुर । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि अहिले सरकार गठन चुनौतीपूर्ण बनेको छ । जसपाले सरोज कुमार यादव नेतृत्वमा रहेको सरकारको निरन्तरताका लागि विभिन्न दलसँग संवाद गरिरहेको छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि सरकार जोगाउन जसपाले अन्य दलसँग संवाद तीब्र बनाएको छ ।
एमाले र माओवादी पनि आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि अन्य दलसँग साथ र समर्थन मागिरहेका छन् । विगतदेखि नै सङ्घीय सरकारभन्दा मधेश प्रदेश सरकारलाई प्राथमिकतामा राख्ने गरेको जसपाले सङ्घीय सरकारबाट बाहिरिए लगत्तै अन्य दलसँग संवाद सुरू गरिसकेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री र नेता दीपक कार्कीले राज्यमन्त्रीबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएर मधेशमा सरकार जोगाउन जोड गरिरहेका छन् ।
अध्यक्ष यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरलाई उनकै निवासमा पुगेर सरकारलाई समर्थन गर्न आग्रह गरेको छ भने अन्य दलसँग पनि संवादका लागि पहल गरिरहेका छन् । सरकारलाई समर्थन गरिरहेको नेकपा (एकीकृत समाजवादी) लाई साथमै राख्ने र सरकार बाहिर रहेका नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी लगायतलाई सरकारमा ल्याउन जसपाले पहल गरिरहेको सो पार्टीका प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिए ।
“हामी सरकारको निरन्तरताका लागि सबै दलसँग संवाद र सहकार्य गर्न तयार छौँ । सबैसँग छलफल भइरहेकाले यही सरकारले निरन्तरता पाउँछ भन्नेमा हामी आशावादी पनि छौँ र यसका लागि संसदीय दलले संवाद बढाउने निर्णय गरिसकेको छ”, उनले भने ।
एकीकृत समाजवादी मधेश प्रदेश संसदीय दलका नेता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने आफूसहितको सरकार जोगाउन पार्टीले पहल गर्ने बताउँछन् । उनले भने, “हामीले जसपा नेपाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएका थियौँ, अहिले पनि यही सरकारमा छौँ । यो सरकारलाई निरन्तरताका लागि पहल गर्नु हाम्रो पनि दायित्व हो त्यो पूरा गर्छौ ।”
अहिले पुर्नगठन गरिएको सरकारमा मुख्यमन्त्रीसहित पाँच मन्त्री र एक जना राज्यमन्त्री छन् । त्यसमा नेकपा एकीकृत समाजवादीका दुई मन्त्री रहेका छन् । मधेस प्रदेशसभामा जसपाका १९ र नेकपा एकीकृत समाजवादीको सात सांसद छन् । जसपा नेपालको नेतृत्वमा सरकार टिकाउन अझै २८ मत आवश्यक हुन्छ । जसपाले २२ मत रहेको नेपाली कांग्रेसको साथ खोजिरहेको छ तर कांग्रेसले भने आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गरिरहेको छ ।
कांग्रेस मधेस प्रदेशसभाका संसदीय दलका उपनेता वीरेन्द्रकुमार सिंहले अब आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन छलफल भइरहेको बताउँछन् । त्यसका लागि नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बाहेक सबै दलसँग छलफल भइरहेको उनको भनाइ छ ।
यसअघि गत मङ्गलबार कांग्रेस मधेस प्रदेशका सभापति एवं प्रदेशसभा संसदीय दलका नेता कृष्ण यादवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेटेर मधेस प्रदेशमा सरकार बनाउनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
लोसपाका उपाध्यक्ष एवं मधेस प्रदेशसभा सदस्य जितेन्द्र सोनल जसपा नेपाललाई सहयोग गर्ने अवस्था नरहेको बताउँछन् । आफ्नो पार्टीले विपक्षमा रहेका काँग्रेसलगायत दलसँग संवाद गरिरहेकाले सोही सहमतिअनुसार अगाडि बढ्ने उनको भनाइ छ ।
मधेस प्रदेशमा एमालेको २५, कांग्रेसको २२, जसपा नेपालको १९, जनमत पार्टीको १३, लोसपा र माओवादी केन्द्रको नौ÷नौ, नेकपा एकीकृत समाजवादीको सात र नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एक–एक सांसद छन् । माओवादी केन्द्र र एमालेले पनि सरकार बनाउन पहल सुरु गरेका छन् । यी दुई दलले पनि जसपा नेपालबाहेक अन्य सबै दलसँग कुराकानी गरिरहेका छन् । एमाले र माओवादीसँग जम्मा ३२ सिट छ ।
सरकार बनाउन यो पक्षलाई थप २२ सिटको आवश्यकता छ । एमालेसहितको पक्षले जनमत पार्टीले जसपा नेपाल इतर सरकार गठनका लागि सहयोग गर्ने अपेक्षा गरिरहेको छ । जनमत पनि सरकार गठनका लागि उपयुक्त अवसरको पर्खाइमा छ । सो पार्टी मधेश प्रदेशसभा संसदीय दलका नेता महेश प्रसाद यादवले सरकार गठनका लागि सबै पार्टीसँग संवाद जारी रहेकाले चाँडै निष्कर्षमा पुग्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार