बालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया रोग होइन, अवस्था हो’
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार १२:५२:२
४ जेठ, काठमाडौं काठमाडौं विश्वविद्यालयका प्रा.डा. लक्ष्मण ज्ञवालीले बालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया’ रोग नभइ एक अवस्था रहेको बताएका छन् ।
हात्तिवनस्थित काठमाडौं विश्वविद्यालयमा आज भएको एक अन्तरक्रियामा उहाँले ‘डिस्लेक्सिया’को अवस्थाबारे अध्ययन पत्र प्रस्तुत गर्दै बालबालिकाले अक्षर ठम्याउन नसक्ने, बुझाइमा समस्या आउने, अक्षर उल्टो लेख्ने, कम बोल्ने, लजाउने जस्ता लक्षण देखिने क्रियाकलापबाट अभिभावक एवं शिक्षक पीडित भएको बताए । यद्यपि यी लक्षण देखिनुका कारण पत्ता लगाएर शिक्षक र अभिभावकले परामर्शमार्फत उपचार गर्न सकिने उनको भनाइ थियो । उनले आफ्नो अध्ययनमा नेपालमा १० प्रतिशत विद्यार्थी डिस्लेक्सियाबाट पीडित भएको पाइएको बताए ।
नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ 'नेल्टा', भारतीय अङ्ग्रेजी भाषा शिक्षक संघ 'एल्टाइ' र नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ 'नेल्टा' ले गरेको दुईदिने ‘बहुविषयक अन्तर्राष्ट्रिय’ सम्मेलनमा विभिन्न विषयका विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा नेपाल, भारत, सिङ्गापुर, ताइवानलगायत देशका विज्ञको सहभागिता थियो ।
प्राध्यापक मोतिकला सुब्बा देवान, लोयाल कलेज चेन्नाई भारतका डा। के एस अन्टोन्सीयाम, काठमाडौँ विश्वविद्यालयका अङ्ग्रेजी भाषा विभाग प्रमुख डा. टीकाराम पौडेल, सिचुआन विश्वविद्यालय चीनका विद्यावारिधि तहका विद्यार्थी प्रशान्त कुमार विकलगायत ४० भन्दाबढी विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए।
नेल्टाका राष्ट्रिय कार्यक्रम संयोजक विकास रिमालले नेपालमा बुहस्तरीय विज्ञहरूको विचार विमर्श गरी बुझ्ने र बुझाउने सम्मेलनको उद्देश्य रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?
असोज १८, २०८१ शुक्रबार
आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह
असोज १२, २०८१ शनिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार