चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार १३:५१:४८
४ जेठ, बैतडी । जोखिम भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका छन् । गत आइतबारदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रेका चिकित्सक र स्वास्थ्यकर्मी पुनः काममा फर्केका हुन् ।
आन्दोलन फिर्ता भएसँगै चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएर सबै सेवा नियमितरुपमा सञ्चालन भइरहेको अस्पतालका प्रमुख डा सुशील विकले बताए । उनका अनुसार स्वास्थ्यकर्मी र चिकित्सकले उठाएका मागका विषय सम्बोधन गर्नका लागि १० दिनको समय माग गरिएकाले अस्पताल विकास समितिसँगको सहमतिमा आन्दोलन स्थगित गरिएको जनाएको हो ।
गएको नौ महिनादेखि अतिरिक्त भत्ता, जोखिम भत्ताबापतको रकम नपाएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीले आफूले पाउनुपर्ने सेवाको माग गर्दै आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलित भएका थिए । उनीहरुको माग सम्बोधनका लागि मन्त्रालयले मागेका आवश्यक कागजात र अन्य प्रक्रिया पु¥याउन आन्दोलन स्थगित गर्ने सहमति भएको हो ।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालाकर्मीको अतिरिक्त भत्ता, जोखिम भत्ताबापतको रकम निकासा नदिँदा समस्या भएको थियो । जिल्ला अस्पतालका सेवा सञ्चालन भएपछि बिरामीलाई सहज भएको छ । स्वास्थ्यकर्मी र चिकित्सक आन्दोलित भएपछि बिरामीलाई मर्का परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार