कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार १४:१८:१६
४ जेठ, पर्वत । परम्परागत बालीका रुपमा रहेको कोदो उत्पादनतर्फ पर्वतका किसानको आकर्षण बढ्दै जान थालेको छ । बजार अभावले केही वर्ष पहिलेसम्म कोदो उत्पादन गर्न छाडेका किसान अहिले पुनः कोदोखेतीमा सक्रिय हुन थालेका छन् ।
पछिल्ला केही वर्षयता होटल, रेष्टुरेन्ट तथा घरबास ‘होमस्टे’हरुमा कोदोका परिकारको माग बढ्दै गएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । कोदोको परिकारमा प्रोटिन, आइरन र क्याल्सियम बढी मात्रामा पाइने र स्वास्थ्यका लागि उपयोगी हुने भएकाले माग बढ्दै जाँदा उत्पादन पनि बढ्दै गएको किसानको भनाइ छ ।
पहिले–पहिले कोदोको ढिँडो, रोटी र खोले निकै कम मात्रै पाक्थ्यो । पछिल्लो समय घरबाससँगै सहर बजारका ठूला–ठूला होटलका भान्छामा पनि ढिँडो पाक्न थालेको छ । कोदोको माग बढ्दै जान थालेपछि जिल्लामा व्यावसायिक रुपमा कोदोखेती गर्नतर्फ किसानलाई आकर्षण गर्न थालिएको जिल्लस्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रले परम्परागत बाली उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोदो उत्पादन गर्ने किसानलाई अनुदान दिन थालेको हो । चालु आर्थिक वर्षमा थप साढे २८ हेक्टर क्षेत्रफलमा कोदोखेती विस्तारका लागि केन्द्रले सहयोग गरेको छ । कोदोखेती गर्ने किसानलाई यान्त्रिकीकरणमा सहयोग गरिएको केन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिए ।
.उनका अनुसार चालु आवमा कोदो बालीको प्रवर्द्धनका लागि किसानलाई रु पाँच लाख वितरण गरिएको छ । किसानलाई यान्त्रिक हलो र थ्रेसर मेसिन उपलब्ध गराइएको भन्दै यसले खेतबारी खनजोत गर्न र उत्पादन भइसकेपछि कोदो झार्न सहज हुने भएको उनको भनाइ छ । किसानलाई कार्यबोझ घट्नाका साथै उत्पादन लागत समेत कम होस् भन्ने उद्देश्यले यान्त्रिकीकरणमा सहयोग गरिएको कार्यालयले जनाएको छ ।
यसबाहेक परम्परागत जातका बालीका रुपमा रहेका फापर, धान, जौ, कोदोको प्रशोधनका लागि रु चार लाख अनुदान वितरण गरिने अधिकारीले बताए । पर्वतमा झापे, डल्ले, मङ्सिरे र स्थानीय जातको कोदो उत्पादन हुँदै आएको छ ।
जिल्लाको आठ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा कोदोको उत्पादन हुने अधिकारीले जानकारी दिनुभयो । यस वर्ष पर्वतमा आठ हजार तीन सय १० मेट्रिक टन कोदो उत्पादन भएको छ जसमध्ये पाँच हजार एक सय ७५ मेट्रिक टन कोदो निर्यात भएको कार्यालयले जनाएको छ ।
रु २३ करोड २८ लाख ७५ हजार भित्र्याइएको कृषि ज्ञान केन्द्रका प्रमुख अधिकारीले जानकारी दिए । उनका अनुसार उत्पादित कोदोमध्ये तीन हजार एक सय ३५ मेट्रिक टन किसानले खाद्यान्न, बीउ र गाईभैँसीको दानाका रुपमा प्रयोग गरेका छन् । परम्परागत जातको कोदोको माग बढेपछि केही किसान व्यावसायिक उत्पादनमा लागेका छन् । जिल्लाको सबै क्षेत्रमा कोदो उत्पादनका लागि उपयुक्त हावापानी रहेको कार्यालयले जनाएको छ ।
पछिल्लो केही वर्षयता पर्वतको कुश्मा बजारका होटलहरुमा कोदोका परिकारको माग बढ्न थालेको होटल व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताए । कोदोको ढिँडोसँगै, भाँगो, टिमुर र स्थानीय उत्पादनको परिकार पाहुनाले माग गर्न थालेका उहाँको भनाइ छ । माग बढेसँगै गाउँबाट कोदोको पीठो मगाएर पाहुनालाई ढिँडो खुवाउने गरेको श्रेष्ठले बताए ।
मुख्यगरी मधुमेह र ग्याष्ट्रिक रोगवाट पीडितले कोदोको परिकार बढी मात्राा खाने गरेका छन् । अहिले ग्रामीण क्षेत्रमा उत्पादित कोदो स्थानीयले मदिरा बनाउन पनि प्रयोग गर्दै आएका छन् । बजारमा विभिन्न परिकार बनाएर बिक्री गर्ने प्रचलन बढ्दै गएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शङ्कर पौडेलले बताए । कोदो उत्पादनका लागि प्रोत्साहनमूलक कार्यक्रम थालेसँगै क्षेत्रफल समेत बढ्ने केन्द्रको अनुमान रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
जुम्लासहित उच्च हिमाली भेगमा गड्यौलाको मलको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
किसानले उत्पादन गरेको महले बजार पायो
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार