आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार १६:५४:३८
४ जेठ, काठमाडौं । प्रहरीले नयाँ बानेश्वरस्थित संसद् भवन बाहिरको फुटपाथमा हिँड्न रोक लगाएको छ । शुक्रबारदेखि यस क्षेत्रको फुटपाथमा हिँड्न रोक लगाइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले संसद् भवन अगाडि प्रदर्शन गर्न लागेकाले सुरक्षा व्यवस्था थप कडा बनाइएको जनाएको छ ।
नेविसंघले सहकारीको बचत अपचलन बारे छानबिन समिति गठनको माग गर्दै संसद् भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेपछि प्रहरीले सर्वसाधारणलाई भवन अगाडिको पैदलमार्गमा सर्वसाधारणलाई हिँड्न रोकेको हो ।
गृहमन्त्री रवि लामिछानेले बचत अपचलन गरेको भन्दै कांग्रेसले उनी समेतलाई समेट्ने गरी छानबिन समिति बनाउनुपर्ने माग गर्दै प्रदर्शन गरेको थियो । त्यसपछि संसद् भवनको सुरक्षाका लागि भन्दै सर्वसाधारणलाई त्यहाँबाट हिँड्न रोक लगाइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
एमाले सचिवालय बैठक बस्दै
पुष १०, २०८१ बुधबार
स्याउगाउँबाट देखिएको निलगिरी हिमाल
पुष १०, २०८१ बुधबार
क्रिसमस इभमा झुमिएको ठमेल [ फोटो फिचर ]
पुष १०, २०८१ बुधबार
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
पुष १०, २०८१ बुधबार