पहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार २०:२०:९
४ जेठ, ताप्लेजुङ । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका टिपतालामा पहिलोपटक नेपाल तर्फका गाडी पुगेका छन् ।
चीनको तिब्बत सँग जोडिएको टिपताला नाकामा आज एउटा स्काभेटर र ट्याक्टर पुगेको फक्तालुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए ।
टिपताला पाँच हजार एक सय मिटरको उचाइमा पर्छ । विराटनगरको रानी भन्सार हुँदै टिपताला जोड्ने सडकको ट्रयाक खोल्ने कार्य यसअघि नै सकिएको थियो । सो सडक निर्माणको ठेक्का पाएको एलाइट जेवी निर्माण सेवाले ओलाङचुङगोलासम्म ट्रयाक खोल्ने कार्य केही दिनअघि सम्पन्न गरेको थियो । यता टिपतालादेखि ओलाङचुङगोलासम्मको २४ किलोमिटर दूरीको ट्रयाक खोल्ने कार्य केही वर्ष अघि नै सम्पन्न भइसकेको छ ।
सडक निर्माणसँगै ओलाङचुङगोला वासी तथा उत्तरी क्षेत्रका बासिन्दाको वर्षौदेखिको सडकको सपना पूरा भएको छ । टिपतालादेखि विराटनगर स्थित रानी भन्सार करिब दुई सय ९२ किलोमिटरको दूरीमा जोडिन्छ । टिपताला नाकामा सडक पुगे पनि कोरोना महामारीमा बन्द भएको सो नाका अझै खुलेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
नेपाली खेल इतिहासमै एनपिएलले उघारेको सपना
पुष ८, २०८१ सोमबार
राष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार