काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार २२:७:०
४ जेठ,काठमाडौं । नेपालमा पहिलोपटक ‘न्युयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ आयोजना हुने भएको छ । न्युयोर्क राइटर वर्कशपले लोटस बुक पसलसँगको सहकार्यमा यही जेठ ९ देखि १५ गतेसम्म काठमाडौँमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आयोजना गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
जेठ ९ देखि १३ गतेसम्म कार्यशाला र १४ देखि १५ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल हुने र त्यसक्रममा समूहगत छलफल, नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा कविता प्रस्तुति, फोटोग्राफी, योगा, मेडिटेसन लगायत कार्यक्रम हुने आयोजकले जनाएको छ ।
नेपाल, भारत, चीन, हङकङ, अमेरिका, रसीया, अष्ट्रेलिया, फिलिपिन्सलगायत १२ भन्दा बढी मुलुकबाट ३५ अन्तर्राष्ट्रिय लेखक तथा प्रशिक्षकहरु सहभागी हुने फेस्टिभलका संरक्षक एवं हिमालयन कवि युयुत्सु आरडी शर्माले बताए । उनले साहित्य तथा पर्यटन प्रवर्द्धन गर्न महोत्सव उपयोगी हुने विश्वास व्यक्त गरे । शर्माका अनुसार कार्यशालामा लेखकहरूले आफ्ना साहित्यिक रचना प्रदर्शन गर्नेछन् । “यस वर्ष हिमालयन लिटरेचर फेस्टिभल सुरू गर्न पाउँदा हामी हर्षित छौँ”, कवि शर्माले भने, “हाम्रो लक्ष्य एउटा ‘प्लेटफर्म’ सिर्जना गर्ने हो, जसले साहित्यलाई मात्र होइन, समुदायको भावनालाई समेत बढावा दिन्छ र रचनात्मकतालाई प्रेरित गर्छ ।”
मुख्य कार्यक्रमहरूको अतिरिक्त महोत्सवमा पुस्तक हस्ताक्षर, पुस्तक विमोचन र विभिन्न विधाका लेखकसँग अन्तरक्रियात्मक सत्रहरू समावेश हुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
पुष ११, २०८१ बिहिबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सौगात मल्ल र गरिमा शर्मा अभिनय रहने ‘जन्ते बाख्रो’ को शुभ मुहूर्त
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल
पुष १२, २०८१ शुक्रबार
बैठकमा उपस्थित हुन सत्ता पक्षका सांसदलाई ह्वीप, कुन समितिमा कतिवटा छन विचाराधीन विधेयक ?
पुष १२, २०८१ शुक्रबार