डीआईजी बढुवामा रवि लामिछानेको ठाडो हस्तक्षेप, भ्रष्ट र बदनाम छविका जुनियर तान्दा प्रहरी संगठनमा व्यापक निराशा
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार १०:२:१५
५ जेठ, काठमाडौं । अरबौंको सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको ठाडो हस्तक्षेपमा जेष्ठता, कार्यसम्पादन मूल्याङ्कनलाई पन्छाउँदै सरकारले नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले चार एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । डीआईजी बढुवा सिफारिसमा पर्नेमा कृष्णहरि शर्मा, दानबहादुर कार्की, डा मनोजकुमार केसी र राजन अधिकारी छन् ।
यो बढुवामा गृहमन्त्री लामिछानेले करोडौंको लेनादेनामा वर्तमान आईजीपीका ब्याची रहेका ०५१ का तथा ०५२ र ०५३ का ब्याचलाई छाडेर ०५४ को विवादास्पद छवि बोकेका प्रहरी अधिकृतहरुको बढुवा गरेको आरोप लागेको छ । प्रहरी संगठनमै सर्वाधिक भ्रष्ट एवं जो सरकारमा आएपनि नेताका चोटाकोठामा चाकडी गर्न माहिर चटके प्रहरीहरुलाई जबरजस्त अगाडि ल्याएर बढुवा गर्दा संगठनमा व्यापक निराशा छाएको छ । राजनीतिक नेतृत्वको हस्तक्षेपका सामु गृहसचिव र आईजीपी लाचार छायाँको रुपमा देएिका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा
माघ २, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार
यु–१६ युथ लिग: संकटाले आर्मीलाई हरायो
माघ ३, २०८१ बिहिबार
सवारी दुर्घटनाको कारणः चालकको लापरबाही, तीव्रगति र मापसे
माघ ३, २०८१ बिहिबार
विसं २०८२ को पञ्चाङ्ग (पात्रो) माघ तेस्रो सातासम्म बजारमा आउने
माघ ३, २०८१ बिहिबार