पिस कोर स्वयंसेवकको पहिलो समूहले लियाे शपथग्रहण
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार ११:२०:१५
५ जेठ, काठमाडौं। नेपालमा आएका १० जना अमेरिकी पिस कोर स्वयंसेवकहरूले शपथग्रहण गरेका छन् । शुक्रबार एक समारोहका बीच पिस कोरका उपनिर्देशक डेभिड ई ह्वाइट र अमेरिकी राजदूत डीनआर थम्पसनले उनीहरुलाई शपथ खुवाएका हुन् ।
यो समूहले उच्च प्रभाव, छोटो अवधिको असाइनमेन्टहरूको लागि पिस कोर कार्यक्रममा रेस्पोन्स स्वयंसेवकहरूको पहिलो समूहलाई प्रतिनिधित्व गर्दछ । छोटो अवधि र उच्च प्रभाव सेवा पूरा गर्न लक्षित अनुभव भएका यी १० स्वयंसेवकहरूले पर्यटन प्रवर्द्धन, सरकारी विद्यालयहरूमा ई–लर्निङ/ई–टिचिङ र विश्वविद्यालय स्तरमा कृषि अनुसन्धानमा केन्द्रित कार्यहरूमा सेवा प्रदान गर्ने दूतावासले जनाएको छ ।
पिस कोर रेस्पोन्स कार्यक्रमले नेपाल सरकारद्वारा पहिचान गरिएका अल्पकालीन अवधिका सेवा कार्य सम्पन्न गर्न अनुभव हासिल गरेका अमेरिकी नागरिक स्वयंसेवक भित्र्याउँछ ।
गण्डकी प्रदेशमा ग्रामीण पर्यटनको प्रवर्द्धन गर्ने, बागमती र गण्डकी प्रदेशमा सरकारी विद्यालयका सूचना प्रविधि तथा ई–सिकाइका पहलमा टेवा पुर्याउने जनाइएको छ ।
गण्डकी तथा लुम्बिनी प्रदेशमा कृषि कलेजका शोधसम्बन्धी क्रियाकलापमा सुधार ल्याउने, ज्ञान आदानप्रदानलाई बढावा दिने र दिगो प्रभाव पार्ने परियोजनामा विभिन्न संस्था र सामुदायिक सदस्यसँग सहकार्य पनि गर्नेछन् ।
‘यो पिस कोर रेस्पोन्स कार्यक्रमको सुरुवात हो, जुन कार्यक्रमअन्तर्गत अनुभवी अमेरिकी नागरिक स्वयंसेवकले नेपाल सरकारमा रहेका हाम्रा साझेदारद्वारा अभिव्यक्त निश्चित आवश्यकतालाई सम्बोधन गर्नेछन्’ उक्त कार्यक्रममा राजदूत थम्पसनले भने ।
परम्परागत दुई(वर्षीय स्वयंसेवक कार्यक्रममा जस्तै, पिस कोर रेस्पोन्स स्वयंसेवक पनि समुदायसँग घुलमिल हुनु, सम्बन्ध निर्माण गर्नु र नेपालमा अनुकरणीय अमेरिकी प्रतिनिधि बन्नु आवश्यक रहेको समेत राजदुत थम्पसनले बताए ।
यो नयाँ समूहसँगै, अहिले नेपालका आठ जिल्लामा कार्यरत पिस कोर स्वयंसेवकको कुल संख्या ५० पुगेको छ । यी दश रेस्पोन्स स्वयंसेवक सन् १९६२ मा नेपाल र अमेरिकी सरकारले नेपालमा पिस कोर कार्यक्रमको स्थापना गर्ने सहमतिमा हस्ताक्षर गरेयता यसअघि नै सेवा गरिसकेका झन्डै ४ हजार पिस कोर स्वयंसेवकको संख्यामा जोडिनेछन् ।
पिस कोर विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, सामुदायिक सदस्य, आतिथेय मुलुकका साझेदार र कर्मचारीको अन्तर्राष्ट्रिय सेवा सञ्जाल रहेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
विश्वभरका सरकारको निमन्त्रणामा पिस कोर स्वयंसेवक शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, सामुदायिक आर्थिक विकास र युवा विकासका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकता प्राप्त परियोजनामा समुदायका सदस्यसँगै काम गर्दछन् ।
सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोनएफ केनेडीले पिस कोरको स्थापना गरेदेखि २ लाख ४० हजारभन्दा बढी अमेरिकीले विश्वभर १४४ वटा मुलुकमा सेवा गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपहिरोमा परी हालसम्म २ सय ४४ जनाको मृत्यु
असोज २०, २०८१ आइतबार
नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय
असोज २०, २०८१ आइतबार
आज पनि हुनेछ यी प्रदेशमा वर्षा, सतर्कता अपनाउन आग्रह
असोज २०, २०८१ आइतबार
उर्जामन्त्रीको विवादित होटल उद्घाटनमा प्रधानमन्त्रीदेखि कांग्रेस सभापतिसम्म
असोज २४, २०८१ बिहिबार
नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असोज २३, २०८१ बुधबार
महिला भलिबलको व्यावसायिक विकास
असोज २४, २०८१ बिहिबार
च्यासलमा मनोहराको बाढी पसेर ध्वस्त बनाए पछि एमालेले किर्तिपुरमा पार्टी कार्यालय बनाउने
असोज २४, २०८१ बिहिबार
आठ लाख यात्रु दशैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिए
असोज २४, २०८१ बिहिबार
आफ्नै मतदातालाई धोखा दिने गद्दार नेताले ‘भोट’ फिर्ता गर्नुपर्छ :: प्रभु साह
असोज २४, २०८१ बिहिबार
हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो
असोज २४, २०८१ बिहिबार