वैदेशिक रोजगारीमा भएको ठगीलाई सरकारले हेर्नुपर्छः देउवा
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार १३:५:२०
५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा भएको ठगीलाई सरकारले हर्न नसकेको बताएका छन् । ठगिएका नेपालीको समस्या समाधानमा लाग्न उनले सरकारसँग आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १२ औं साधारणसभालाई सम्बोधन गर्दै उनले नेपालमा वैदेशिक रोजगारीका थुप्रै समस्या रहेको बताए ।
नेपालमा वैदेशिक रोजगार महत्वपूर्ण कुरा हो । एकातिर विदेशमा रोजगार गर्न नेपालीले पाउँछन् । तर त्यहाँ ठगिएका कुराहरू, दुःख पाएको मैले थाहा पाएँ, यस्ता कुरा रोक्न हामी लाग्नुपर्छ, उनले भने, रेमिट्यान्सको पैसा आउँछ, त्यसले नेपाललाई रेमिट्यान्स मात्रै होइन अरु पनि धेरै फाइदा हुन्छ । त्यसैले रोजगारीमा गएका साथीहरू ठगिनु भएन । दुःख पाउनु भएन । कति जेलमा थुनिएका छन्, धेरै दुःख पाएका छन् ।
विदेशमा रोजगार गर्न जाने र त्यहाँ श्रमिकले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै उनले श्रमिकमाथि भइरहेको शोषणको समस्या रोक्न आग्रह गरे । उनले वैदेशिक रोजगारीमा गएका नेपालीबाट देशमा आउने रेमिट्यान्ससँगै श्रमिकको समस्या समाधानमा आवश्यक भूमिका खेल्नुपर्ने बताए । सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनलाई दुःख पाएका नेपालीको समस्या समाधान गर्ने काममा लाग्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवातावरण बिगार्ने असंवेदनशील कार्यको लागि भाजपा जिम्मेवार छ : राहुल गान्धी
मंसिर १०, २०८१ सोमबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु
मंसिर १०, २०८१ सोमबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
हिंसा जारी रहेको बखतमा बेलारूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा
मंसिर १०, २०८१ सोमबार
वातावरण बिगार्ने असंवेदनशील कार्यको लागि भाजपा जिम्मेवार छ : राहुल गान्धी
मंसिर १०, २०८१ सोमबार
इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते
मंसिर १०, २०८१ सोमबार
फुङफुङे झरनामा रमाउँदै पर्यटक
मंसिर १०, २०८१ सोमबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार