वागमती प्रदेशमा विशेषाधिकार समिति गठन
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार १४:१५:३१
५ जेठ, मकवानपुर । वागमती प्रदेशसभाको आजको बैठकले संसदीय विशेषाधिकार समिति गठन गरेको छ । बैठकमा सभामुख भुवनकुमार पाठकले नेपालको संविधानको धारा, १९३ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १६७ बमोजिम समिति गठनको घोषणा गरेका छन् ।
सभामुखले समितिमा कृष्णप्रसाद शर्माखनाल, कृष्णप्रसाद सिलवाल, गिरबहादुर तामाङ, गोविन्दप्रसाद लम्साल, जयराम थापा, देवेन्द्र श्रेष्ठ, धनेश्वरी प्रजापति, प्रभात तामाङ, विन्दु श्रेष्ठ, मायादेवी शर्मा, रत्नप्रसाद ढकाल, राजु विष्ट, रामकृष्ण चित्राकार, सुस्मा भुजेलन्यौपाने, सरिता खड्गी, सुना परियार र सुरेन्द्रराज गोरसाईं रहेका छन् । सभामुखद्वारा प्रस्तुत यी नामप्रति बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
त्यसअघि बैठकमा प्रदेशसभाका सदस्य रत्नप्रसाद ढकालले नेपालको संविधानको धारा, १९३ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १६७ को उपनियम १ बमोजिम विशेषाधिकार समिति गठन गर्न प्रस्ताव पेस गरेका थिए ।
बैठकमा सभामुख पाठकले विषयगत समितिका सदस्यहरुको हेरफेरको नाम प्रस्ताव गरेका थिए । सभामुखले प्रदेशसभा नियमावली २०७४ को नियम १५० बमोजिम प्रदेश मामिला समितिमा रहेका आनन्दकुमार श्रेष्ठलाई उद्योग, पर्यटन तथा वातारवण समितिमा र उद्योग, पर्यटन तथा वातावरणमा रहनुभएका प्रेमभक्त महर्जनलाई प्रदेश मामिला समितिमा हेरफेर गरेको घोषणा गरे । प्रदेशसभाको अर्को बैठक भोलि जेठ ६ गते आइतबार बिहान ११ बस्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्यासलमा मनोहराको बाढी पसेर ध्वस्त बनाए पछि एमालेले किर्तिपुरमा पार्टी कार्यालय बनाउने
असोज २४, २०८१ बिहिबार
आफ्नै मतदातालाई धोखा दिने गद्दार नेताले ‘भोट’ फिर्ता गर्नुपर्छ :: प्रभु साह
असोज २४, २०८१ बिहिबार
उर्जामन्त्रीको विवादित होटल उद्घाटनमा प्रधानमन्त्रीदेखि कांग्रेस सभापतिसम्म
असोज २४, २०८१ बिहिबार
उर्जामन्त्रीको विवादित होटल उद्घाटनमा प्रधानमन्त्रीदेखि कांग्रेस सभापतिसम्म
असोज २४, २०८१ बिहिबार
नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असोज २३, २०८१ बुधबार
महिला भलिबलको व्यावसायिक विकास
असोज २४, २०८१ बिहिबार
च्यासलमा मनोहराको बाढी पसेर ध्वस्त बनाए पछि एमालेले किर्तिपुरमा पार्टी कार्यालय बनाउने
असोज २४, २०८१ बिहिबार
आठ लाख यात्रु दशैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिए
असोज २४, २०८१ बिहिबार
आफ्नै मतदातालाई धोखा दिने गद्दार नेताले ‘भोट’ फिर्ता गर्नुपर्छ :: प्रभु साह
असोज २४, २०८१ बिहिबार
हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो
असोज २४, २०८१ बिहिबार