रवि उपप्रधानमन्त्री भएर बस्नुपर्छ, आरोप लागेको मान्छे गृहमा बस्दा छानबिन प्रभावित हुन्छः कोइराला
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार १५:५२:३७
जेठ ५, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले रवि लामिछाने उपप्रधानमन्त्री मात्र भएर बसे सहकारी प्रकरणको छानबिनमा सहज हुने बताएका छन् । उनले आरोप लागिसकेको व्यक्ति छानबिनसँग सम्बन्धित गृह मन्त्रालयमा बस्दा समस्या उत्पन्न हुने दावी गरेका छन् । उपप्रधानमन्त्री भएर बस्दा आपत्ति नहुने उनको भनाइ छ ।
कोइरालाले कांग्रेसले रविलाई बोल्न दिएन भन्नु गलत भएको भन्दै यसमा गलत ढंगले प्रचार भइरहेको बताए । बिहीबार उनलाई बोल्न दिने कुरामा कांग्रेसले अवरोध नगरेको कोइरालाको भनाइ छ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले रवि बोलेपछि चित्त नबुझे कांग्रेसले खण्डन गर्छौ मात्र भनेको बताए ।
उनले भने– ‘रवि लामिछाने जीलाई हामीहरूले बोल्न नदिएको होइन । बोल्नुस् भनेर भनेकै हो । तर हामीहरूले के भनेको थियौ भने तपाईँले बोलिसके पछि हामीलाई चित्त बुझ्यो भने हामी बस्छौँ । होइन भने हामी तपाईँले बोलेको बोलीको खण्डन गर्छौं भनेर भन्दा पनि त्यो स्वीकार्य भएन ।’
उनले उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगीमा मुछिएपछि गृहमन्त्री भएर बस्न नमिल्ने समेत बताए । उपप्रधानमन्त्री भए फरक नपर्ने तर गृह मन्त्रालयमा बस्न भने उनले नमिल्ने कोइरालाको भनाई छ । उनले उपप्रधानमन्त्री लामिछाने आफैंले संसदमा उभिएर आफूमाथि लागेको सहकारी ठगी छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने धारणा राख्नुपर्ने समेत बताए ।
‘हामीले राजीनामा मागेको छैन । हामी त के भन्छौँ भने उहाँ गृहमन्त्री नभएको भए हामी केही पनि गर्दैन थियौ होला । किनभने सहकारीमा त तल्लो तप्काका मानिसहरूले पैसा जम्मा गरेको रकम अपचलन भएको हो नि त । जनताले सडकमा उठाएका मागहरूलाई हामीले सदनमा ल्याइदिएको हो । निष्पक्ष छानबिन त सांसदले गर्ने होइन होला । रवि जीलाई जुन कुराको चार्ज लगाएका छन् । त्यो कुरा होइन भनेर उहाँले पुष्टि गरिदिनुपर्याे । त्यो पुष्टि हुनका लागि उहाँ मन्त्री नै हुनुहोस् । उपप्रधानमन्त्री नै बसिरहनु होस् । तर गृह मन्त्रालयमा त बस्नु भएन नि उहाँले ।’ कोइरालाले बोल्न दिन्न भन्ने कांग्रेस कस्तो डेमोक्रेटिक पार्टी हो भन्ने आरोप मिथ्या भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले जागरण सभाको र्याली भद्रकालीबाट प्रारम्भ
मंसिर ७, २०८१ शुक्रबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
एमाले जागरण सभाको र्याली भद्रकालीबाट प्रारम्भ
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीमाथि अमेरिकामा लागेको आरोप गम्भीर, के के पर्छ असर ?
मंसिर ७, २०८१ शुक्रबार
१५ सयले बढेर १ लाख ६५ हजार नाघ्यो सुन
मंसिर ७, २०८१ शुक्रबार