ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार १९:४:१४
५ जेठ, दमौली (तनहुँ) । आबुखैरेनी गाउँपालिका–३ की रीतु थापामगर घरधन्दा सकेर ढाका बुन्छिन् । चार वर्ष अगाडि ढाका बुनाइ सम्बन्धी तीन महिने तालिम लिएर उनी व्यवसायमा लागेकी हुन् ।
“तालिम लिएपछि घरमै पाँच महिना कपडा बुने । फेरि दुई महिना दमौली आएर थप तालिम लिएँ”, उनले भनिन्, “त्यसपछि निरन्तर यही पेसामा छु ।” फुर्सदको समय सदुपयोग गर्दा कामसँगै दाम कमाउन सकिने उनको भनाइ छ ।
व्यवसाय थालेपछि अरुसँग पैसा माग्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ । उनले भनिन्, “पैसा चाहिँदा अरुसँग माग्नुभन्दा आफैले कमाउन थालेपछि धेरै सहज भयो । घरायसी कामसँगै ढाका बुन्न सकिने भएकाले अरूलाई पनि उद्यम गर्न आग्रह गर्छु ।”
ढाका उत्पादनका लागि आवश्यक कच्चा पदार्थ काठमाडौँबाट ल्याउने गरेको उनले बताइन् । धागो ल्याएर मागअनुसार ढाका बुन्ने गरेकी उनले अहिले सारीको माग धेरै भएको जानकारी दिइन् । उनका अनुसार ढाकाबाट पछ्यौरा, चोली, कोट, मफलर र कुर्ता सुरुवाल बनाउन सकिन्छ ।
थापाका अनुसार एउटा सारीका लागि ढाका तयार गर्न तान, धागोलगायत सबै गरी रु तीन हजारसम्म खर्च हुने गरेको छ । रु आठ हजारदेखि रु १२ हजारसम्ममा सारी बिक्री हुन्छ । एउटा सारी बनाउन कम्तीमा १२ दिन लाग्ने गर्छ ।
आबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले व्यवसायी बन्न चाहनेलाई गाउँपालिकाले सहयोग गर्ने बताइन् । हरेक व्यक्ति उद्यमी बन्न सके मात्रै समृद्धि हासिल हुने भएकाले त्यस्ता व्यक्तिले उद्यम गर्न चाहे गाउँपालिकाको सहयोग गर्ने उनको भनाइ छ ।
यता दमौलीमा ढाका उद्योग सञ्चालन गर्दै आएकी विष्णु चौधरीले बाबुबाजेको पेसा अपनाएर उद्यमी बनेकी छन् । व्यास नगरपालिका–२ मा वि.सं २०६६ माघमा स्थापना भएको निखिल ढाका कपडा उद्योगमार्फत उनी सफल उद्यमी बनेकी हुन् । ढाकाबाट पहिले टोपी र चोलीमात्र बन्ने गरे पनि अहिले अन्य कपडा बन्न थालेपछि ढाका व्यवसाय फस्टाएको उनको भनाइ छ । ग्राहकको मागसँगै ब्लाउज, टोपी, पछ्यौरा, चौबन्दी, दौरासुरुवाल, पाल्पाली ढाका टोपी, तेह्रथुमे साडीको राम्रो व्यापार हुने गरेको चौधरीले बताइन् ।
उनको उद्योगबाट उत्पादित ढाकाका सामग्री यहाँ मात्र सीमित छैनन् । जिल्लाकै ग्रामीण भेग, लमजुङ, गोरखा, तेह्रथुम, नारायणगढ, नवलपरासी, काठमाडौँलगायतका ठाउँबाट माग हुने गरेको छ ।
यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले पनि ढाकाको कपडा किन्ने गरेका छन् । ढाका कोसेली लैजाने सँस्कारको विकास गराउन सके व्यापार अझै बढ्ने उनले बताइन् ।
जिल्लामा ढाका बुनाइ तर्फ आकर्षण बढेसँगै पर्यटन तथा उद्योग कार्यालय तनहुँले दुई महिने निःशुल्क ‘एडभान्स’ ढाका बुनाइ तथा डिजाइन तालिम सुरु गरेको छ । युवायुवतीलाई उद्यमसँग जोड्ने उद्देश्यले वार्षिक कार्यक्रम बमोजिम तालिम सञ्चालन गरिएको निमित्त प्रमुख सुवास पौडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपहिरोमा परी हालसम्म २ सय ४४ जनाको मृत्यु
असोज २०, २०८१ आइतबार
नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय
असोज २०, २०८१ आइतबार
आज पनि हुनेछ यी प्रदेशमा वर्षा, सतर्कता अपनाउन आग्रह
असोज २०, २०८१ आइतबार
उर्जामन्त्रीको विवादित होटल उद्घाटनमा प्रधानमन्त्रीदेखि कांग्रेस सभापतिसम्म
असोज २४, २०८१ बिहिबार
नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असोज २३, २०८१ बुधबार
महिला भलिबलको व्यावसायिक विकास
असोज २४, २०८१ बिहिबार
च्यासलमा मनोहराको बाढी पसेर ध्वस्त बनाए पछि एमालेले किर्तिपुरमा पार्टी कार्यालय बनाउने
असोज २४, २०८१ बिहिबार
आठ लाख यात्रु दशैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिए
असोज २४, २०८१ बिहिबार
आफ्नै मतदातालाई धोखा दिने गद्दार नेताले ‘भोट’ फिर्ता गर्नुपर्छ :: प्रभु साह
असोज २४, २०८१ बिहिबार
हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो
असोज २४, २०८१ बिहिबार