किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
नेपालबहस संवाददाता
जेठ ६, २०८१ आइतबार ९:८:१०
६ जेठ, काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरका क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् ।
उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी “किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब दुई सय ८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहनुभएका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुञ्जेलसम्म निवास/घर बाहिर ननिस्कन आग्रह छ”, भनेको छ । दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ ।
साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं +92512610321 (ह्वाट्सयाप समेत) र इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ । बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्रावासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ ।
त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ । छात्रावासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनआरएनए यूकेले बाढी पीडितलाई १५ लाख सहयोग गर्ने
असोज १५, २०८१ मंगलबार
एनआरएनएले बाढी पीडितलाई एक करोड सहयोग गर्ने
असोज १४, २०८१ सोमबार
अमेरिकामा संविधान दिवस मनाइयो
असोज ४, २०८१ शुक्रबार
उर्जामन्त्रीको विवादित होटल उद्घाटनमा प्रधानमन्त्रीदेखि कांग्रेस सभापतिसम्म
असोज २४, २०८१ बिहिबार
बार र बेञ्चको विवादः कात्तिक १ गते कसरी समाधान निस्कन्छ ?
असोज २४, २०८१ बिहिबार
अब टविटर 'एक्स' प्रयोगकर्तालाई मस्कले पैसा दिने
असोज २४, २०८१ बिहिबार
माछापुच्छ्रे बैंकले ल्यायो ग्राहकहरूलाई नौलो अनुभव दिन एम–कार्ड सेवा
असोज २४, २०८१ बिहिबार
तानसेनमा बडादशैंको फुलपाती भित्र्याइयो ( फोटो फिचर )
असोज २४, २०८१ बिहिबार
गोरखामा २८ वर्षीया युवतीको हत्या
असोज २४, २०८१ बिहिबार
हनुमानढोका दरबारको दशैंघरमा भित्र्याइयो फूलपाती ( फोटो फिचर )
असोज २४, २०८१ बिहिबार