टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
नेपालबहस संवाददाता
जेठ ६, २०८१ आइतबार १२:३४:७
६ जेठ, काठमाडौं । संसदीय छानबिन समितिको कार्यक्षेत्रमा टुंगो लगाउन गठित कार्यदलको बैठकमा कार्यक्षेत्रमा विवाद देखिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको सहरकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने सहमति जुटाएका दलहरु कार्यक्षेत्रको विवादमा अल्झिएको हो ।
सिंहदरबारमा आइतबार जारी बैठकमा दलहरूले समितिको कार्यक्षेत्रका विषयमा सहमति जुटाउन नसक्दा प्रतिनिधि सभाको बैठक रोक्न विपक्षीले आग्रह गरेको हो । विपक्षी मोर्चाले संसदीय समितिको टिओआरमा सहमति नजुटेसम्म प्रतिनिधिसभा बैठक सञ्चालन नगर्न आग्रह गरेको कांग्रेसले जनाएको छ ।
टिओआरमा सहमति जुटाउन कार्यदलको बैठक सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसिरहेको छ । विपक्षी मोर्चाको बैठक सकेर कांग्रेस नेता रमेश लेखक पनि कार्यदलको बैठकमा पुगेका छन् । यसअघि ज्ञानेन्द्र कार्की पनि कार्यदल बैठकमा थपिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार