कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ६, २०८१ आइतबार १४:१७:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/Padam-giri-jivan-pariyar-mahesh-bartaula-and-shishir-khanal-samsadiya-chhanbin-samiti_vAN.jpg)
६ जेठ, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको तर्फबाट कार्यदल सदस्यमा खटाएका जीवन परियारलाई संसदीय दलको कार्यालयमा बोलाएको छ । गठन हुन लागेको संसदीय समितिको कार्यादेशबारे कार्यदलमा छलफल भइरहेका बेला कांग्रेसले कार्यदलमा रहेका सदस्यहरूलाई संसदीय दलको कार्यालयमा बोलाएको हो ।
कानुन मन्त्री पदम गिरी नेतृत्वको कार्यदलमा नेपाली कांग्रेसका तर्फबाट जीवन परियार सदस्य छन् । विहानदेखि उक्त बैठकमा ज्ञानेन्द्र कार्की पनि सहभागी भइरहेका छन् । उनीहरू दुवैलाई प्रमुख सचेतक रमेश लेखकले दलको कार्यालयमा बोलाएका हुन् ।
कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम राख्ने वा नराख्ने भन्नेमा कार्यदल स्तरमा सहमति जुट्न सकेको छैन । कार्यदलमा सहमति जुट्न नसक्दा संसद् बैठक समेत प्रभावित भएका छन् । कार्यदल स्तरमा टिओआरबारे सहमति जुटेपछि मात्रै संसद् बैठक सञ्चालन गर्नुपर्ने विपक्षीको माग अनुसार बैठक २ बजेसम्म सारिएको थियो ।
उनीहरूसँग महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखक रमेश लेखक लगायतले छलफल गर्दैछन् । नेताहरूका अनुसार कार्यदलको बैठक २० मिनेटका लागि स्थगित भएको छ । नेताहरूका अनुसार उपप्रधान तथा गृहमन्त्रीको नाम नलेख्ने तर समस्याग्रस्त सहकारीको नाम लेख्ने गरी सहमतिको प्रयास भएको छ । यसमै दलहरू सहमति नजिक पुगेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार