कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
नेपालबहस संवाददाता
जेठ ६, २०८१ आइतबार २१:४५:१७
६ जेठ, दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरका न्यायिक समिति संयोजकहरूले स्थानीय तहमा न्याय सम्पादन गर्न इजलास र जनशक्ति अभाव हुँदा न्याय सम्पादनमा समस्या भएको बताएका छन् । राष्ट्रिय महिला आयोगले आज महेन्द्रनगरमा स्थानीय तहका न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रममा यहाँका न्यायिक समिति संयोजकहरूले इजलास र जनशक्ति अभाव हुँदा न्याय सम्पादनमा समस्या भएको गुनासो गरे । उक्त अन्तरक्रियामा बेदकोट नगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक तुलसी जोशीले न्यायिक समितिमा कानुन अधिकृत, उजुरी प्रशासकलगायत जनशक्ति र छुट्टै न्यायिक कक्षको अभावले कार्यसम्पादनमा समस्या हुने गरेको बताए ।
“न्याय सम्पादनका लागि भौतिक संरचनाको अभाव छ, उपप्रमुखकै कार्यकक्षमा छलफल गराउनुपर्ने बाध्यता छ,” उनले भने, “कानुन अधिकृत नहुँदा न्याय सम्पादनमा अर्को चुनौती थपिएको छ ।” उनले अहिले वडा स्तरसम्म मेलमिलाप केन्द्र सञ्चालन गरेर विवाद गाउँमै मिलाउने प्रयास भइरहेको जानकारी दिए ।
त्यसैगरी, कार्यक्रममा पुनर्वास नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक भुलिया कुमारी रानाले न्यायिक समितिलाई ठूलो चुनौती रहेको बताए । “मेलमिलापकर्ताहरु सक्रिय छैनन् त्यसैमा कानुन अधिकृत नहुँदा पनि चुनौती थपिएको छ”, उनले भने, “चालु आर्थिक वर्षमा समितिमा आएका एक सय ४१ मुद्दा निरुपण गरेका छौँ ।” उनले न्यायिक समितिमा थुप्रै चुनौती रहेको बताउँदै रानाले मेलमिलापकर्ताको सक्रियता आवश्यक रहेको बताए । “गाउँघरका सामान्य विवाद, झगडा मिलाउन वडा तहसम्म समितिलाई सक्रिय बनाउनुपर्छ,” उनले भने, “न्यायिक समितिको कार्यविधिमा संशोधन गरे न्यायिक समितिलाई अझ सहज हुन्छ ।” उनले न्यायिक समिति बलियो अदालत, प्रशासनको कार्यभार पनि घट्ने बताए ।
महिला आयोगका सदस्य विद्याकुमारी सिन्हाले महिला आयोगले न्यायिक समितिका समस्या समाधानका लागि सरकारलाई सिफारिस गर्ने बताए । उनले महिला आयोगलाई पूर्ण अधिकार प्राप्त नभएको बताउँदै आयोगलाई प्रदेश स्तरसम्म ल्याउनुपर्ने बताए । “महिला तथा बालबालिका विकास कार्यालय पनि स्थानीय तहमा लगेर एउटा कर्मचारीको भरमा राखिएको अवस्था छ,” उनले भने, “५१ प्रतिशतभन्दा बढी महिलाको जनसङ्ख्या भएको ठाउँमा महिला आयोगलाई भूमिका कम दिइयो ।”
संविधानको धारा, २१७ मा आफ्नो अधिकार क्षेत्र विवाद निरुपण गर्न स्थानीय तहका उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने व्यवस्था छ । जिल्लाका सबै स्थानीय तहमा न्यायसम्बन्धी जानकार कर्मचारी नहुँदा न्यायिक समितिलाई मेलमिलाप गर्न समस्या हुने गरेको छ । अहिले न्यायिक समितिमा आपसी झैझगडा, कलह सामाजिक द्वन्द्व घरायसी झैझगडाका मुद्दा आउने गरेका छन् । उपप्रमुखलाई सामाजिक क्षेत्रबाट राजनीतिमा आएकाले कानुनसम्बन्धी सबै कुराको जानकारी नहुने र न्यायिक सल्लाहकारको खाँचो रहेको देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
भ्याटबिल प्रकरणमा सर्वोच्ले भन्यो, नक्कली बिलबिजक भेटिएपछि अरू प्रमाण आवश्यक छैन
मंसिर २६, २०८१ बुधबार
मानवअधिकारको रक्षा गर्नु हामी सबैको दायित्व होः प्रधानन्यायाधीश राउत
मंसिर २५, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
दाङमा बाक्लो हुस्सु
मंसिर २७, २०८१ बिहिबार
हिमपहिरोले बनाएको पोखरी
मंसिर २७, २०८१ बिहिबार
धौलागिरि हिमालको मनोरम दृष्य
मंसिर २७, २०८१ बिहिबार
कमलादीमा भासिएको सडक आजदेखि सुचारु
मंसिर २७, २०८१ बिहिबार
सहकारी ठगी प्रकरणः म्याद थप गर्न रवि लामिछानेलाई अदालत पुर्याइयो
मंसिर २७, २०८१ बिहिबार