कार्यदलको बैठक बस्न नसक्दा संसदीय छानबिन समिति गठन प्रक्रिया अन्योलमा
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार १०:२७:१४
७ जेठ, काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिनका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्य क्षेत्रगत सर्त (टीओआर) टुंगो लगाउने आज बिहान बस्ने भनिएको कार्यदलको बैठक अनिश्चित भएको छ । गृहमन्त्री रवि लामिछानेको सम्बोधन लगत्तै बस्ने भनिएको बैठक थप अनिश्चित बनेको हो ।
आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी भएको हुनाले त्यसअघि आफ्नो रणनीति तय गर्न दलहरू लागेका छन् । कार्यदल संयोजक एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले अब प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र बैठक बस्ने तयारी गरिएको जानकारी दिए ।
संसदीय छानबिन समितिको कार्यादेशको विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न सकेको छैन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र उनी जोडिएको सहकारीको नाम कार्यादेश (टीओआर) मा राख्ने कि नराख्ने विवादले संसदीय छानबिन समिति गठन अनिश्चित बनेको छ ।
सहकारीको बचत रकम अपचलन बारे छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठकमा नेताहरूबीच आइतबार पटक–पटक गरी सात घण्टा भन्दा बढी छलफल भएको थियो । टीओआर बनाउन कानुन मन्त्री पदम गिरी नेतृत्वमा कार्यदल बनेको थियो । कांग्रेस सहमहामन्त्री जीवन परियार, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल सदस्य रहेको कार्यदल शनिबार गठन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार
सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार