सर्वोच्च छल्न हतारिए प्रधानमन्त्री, के होला विश्वासको मत ?
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार १०:४९:३५
७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्ताव पेश हुने कार्यसूची रहेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकार छोडेकाले प्रधानमन्त्रीले संविधान अनुसार विश्वासको मत लिन लागेका हुन् ।
१७ महिनाको बीचमा प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदैछन् । तर, सहकारी ठगी प्रकरणमा प्रतिपक्षी दल नेपाली कांग्रेसको माग बमोजिम सरकार संसदीय समिति समिति गठन गर्न सहमत भएपनि समितिको कार्यादेशमा सहमति नभएकाले आजको बैठक बारे अन्योलता भने कायमै छ । संसदीय समिति गठनका लागि टीओआरमा सहमति नभएकाले नेपाली कांग्रेसले संसद अवरोध गर्नेछ ।
प्रचण्डले प्रतिनिधिसभामा सोमबार विश्वासको मत लिने कार्यक्रम भए पनि कांग्रेससहित विपक्षी दलले संसद् अवरोध गर्न सक्ने संकेत दिएका छन् । कांग्रेसले संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलसँग सहकारी ठगी छानबिनका लागि संसदीय समितिको गठन र प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने सन्दर्भमा आइतबार बिहान छलफल गरेको थियो । बैठकले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई बोल्न दिएपछि संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसको मागलाई साथ दिने निर्णय गरेको थियो ।
कांग्रेसले संसद् बैठक सुरु हुनुअघि सहमति नजुटेमा संसदको काम कारबाही रोकिने बताएको छ । सरकारको नेतृत्व गरेको १७ महिनाको बीचमा चौथो पटक विश्वासको मत लिन लागेका प्रचण्डले सर्वोच्च छल्न हतार गरेका हुन् । पार्टी विभाजित भएपछि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएका कारण उनले विश्वासको मत लिन खोजे पनि मुद्दा सर्वोच्चमा विचाराधीन छ । आज अर्को पनि सम्बन्धित मुद्दा पेशीमा छ ।
यादव नेतृत्वको दल विभाजनसम्बन्धी निर्णय कानुनी विवादमा परेकाले अशोक राई नेतृत्वको जसपाका सांसदले मत दिन पाउने कि नपाउने भन्ने बहस पनि राजनीतिक वृत्तमा छ । यादवले आइतबारै जसपा नेपालबाट अलग भएका ७ सांसदलाई विश्वासको मतदान प्रक्रियाबाट रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उक्त रिटमाथि सोमबार नै प्रारम्भिक सुनुवाइ हुँदैछ । यस्तो अवस्थामा प्रधानमन्त्रीले आज विश्वासको मत लिन पाउँछन् वा पाउँदैनन् भन्ने अन्योलता बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार